राप्रपा अध्यक्ष थापाको प्रतिवेदन अनुमोदन | Khabarhub Khabarhub

राप्रपा अध्यक्ष थापाको प्रतिवेदन अनुमोदन


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत समसामयिक राजनीतिक परिस्थिति र भावी कार्य दिशा सम्बन्धी ६ बुँदे प्रतिवेदन सर्वसम्मतिले अनुमोदन गरेको छ ।

उक्त प्रतिवेदन माघ १७ गतेदेखि काठमाडौँमा बस्ने केन्द्रीय कार्यसमितिको पूर्ण बैठकमा पेश गरिने पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

महामन्त्री भास्कर भद्राद्वारा सचिवालय र आगामी कार्यक्रम सम्बन्धी प्रतिवेदन र सहायक कोषाध्यक्ष निना भेटवालद्वारा बैठकमा आर्थिक प्रतिवेदन पेश भएको थियो ।

अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा पार्टीको आगामी मुख्य कार्यक्रमका रुपमा केन्द्रीय महाधिवेशन हुने उल्लेख गरिएको छ ।

उक्त महाधिवेशनका सम्बन्धमा उपाध्यक्ष तोरणबहादुर गुरुङद्धारा पेश भएको साङ्गठनिक प्रतिवेदन परिमार्जनसहित अनुमोदन गरिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १० : १५ बजे

तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा आइतबार सुनको मूल्य केही बढेको छ ।

प्रि ओपन सेसन : करिब साढे २ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल

मेसीको दुई गोलमा इन्टर मियामीको शानदार जित

काठमाडौं – लियोनेल मेसीको शानदार प्रदर्शनमा एमएलएस कपमा इन्टर मियामीले

जेन-जी आन्दोलनपछि बदलिएका काठमाडौंका पर्खाल र भित्ताहरू (फोटो फिचर)

काठमाडौं– गत भदौ २३ र २४ गते देशव्यापी रुपमा नयाँ

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै

बाँके– बाँकेको राप्तीसोनारी–४ स्थित चुरे पहाडमा रहेको ‘बर्फानी बाबा’ मन्दिर