काठमाडौंको होटल ग्राण्डमा बंगलादेशी नागरिकको हत्या « Khabarhub

काठमाडौंको होटल ग्राण्डमा बंगलादेशी नागरिकको हत्या


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंक होटल ग्राण्ड भिल्लामा एक बंगलादेशी नागरिकको हत्या भएको छ ।

एक हप्ता अघि नै अघिल्लो मंगलबार  (७ माघमा) नै होटल ग्राण्ड भिल्लामा ४५ बर्षीय मोहिद्दिन अहमदको हत्या भएपनि घटना विवरण आज बुधबार मात्र सार्बजनिक भएको हो ।

बंगलादेशको राजधानी ढाकाका ४५ वर्षीय मोहिद्दिन अहमद काठमाडौँका क्यासिनोका नियमित ग्राहक भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका आधारमा उनी क्यासिनोमा जुवा खेल्नकै लागि ढाकाबाट सधैँजसो काठमाडौँ आउने गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डीसएपी रुगम कुवँरले जानकारी दिए ।

ढाकामै ओसियन ट्राभर्स सञ्चालन गरेका मोहिद्दिन एक हप्ताअघि अर्थात् ६ माघमा पनि काठमाडौँ आएका ।

त्यसबेला पनि उनि जुवा खेल्नकै लागि काठमाडौं आएका थिए । तर उनि जुवा खेल्न क्यासिनो नपुग्दै हत्या भएको डिएसपी कुँवरले बताए ।

मोहिद्दिनसँगै बंगलादेशबाट एक जना दुल्लामियाँ नामका साथी समेत आएका थिए । तर उनि फरार भएका छन । होटलमा उनै मियाँको नामबाट १ सय १४ नम्बरको कोठा बुक गरिएको थियो ।

मोहिद्दिनको हत्या उनीसँगै आएका दुल्लामियाँले गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । ‘मोहिद्दिनलाई रक्सीको बोतलले टाउको र घाँटीमा हानेको देखिन्छ,’ डीएसपी कुवँरले भने, ‘हत्या भएको सूचना ढिलो गरी पाउँदा दुल्लामियाँ भारत भागिसकेको रैछ।’

होटलका सञ्चालकले मोहिद्दिनको हत्या भएको सूचना ८ माघमा मात्रै प्रहरीलाई गरेका थिए । त्यसलगत्तै गरिएको अनुसन्धान तथा सीसी टिभी फुटेजमा देखिएको दृश्यले दुल्लामियाँले नै  हत्या गरेर फरार भएको प्रहरीको ठम्याई छ ।

हत्यापछि दुल्लामियाँ सोल्टीमोड हुँदै वाफल, कलंकीबाट वीरजंग जाने बस चढेर भारत भागेको सीसीटीभी फुटेजले देखाएको छ ।

मोहिद्दिनको शव पोस्टमार्टमपछि नेपालस्थित बंलादेश दूतावासमार्फत उनका आफन्तलाई बुझाइसकेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १० : १४ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ