काठमाडौंको होटल ग्राण्डमा बंगलादेशी नागरिकको हत्या « Khabarhub

काठमाडौंको होटल ग्राण्डमा बंगलादेशी नागरिकको हत्या


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंक होटल ग्राण्ड भिल्लामा एक बंगलादेशी नागरिकको हत्या भएको छ ।

एक हप्ता अघि नै अघिल्लो मंगलबार  (७ माघमा) नै होटल ग्राण्ड भिल्लामा ४५ बर्षीय मोहिद्दिन अहमदको हत्या भएपनि घटना विवरण आज बुधबार मात्र सार्बजनिक भएको हो ।

बंगलादेशको राजधानी ढाकाका ४५ वर्षीय मोहिद्दिन अहमद काठमाडौँका क्यासिनोका नियमित ग्राहक भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका आधारमा उनी क्यासिनोमा जुवा खेल्नकै लागि ढाकाबाट सधैँजसो काठमाडौँ आउने गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डीसएपी रुगम कुवँरले जानकारी दिए ।

ढाकामै ओसियन ट्राभर्स सञ्चालन गरेका मोहिद्दिन एक हप्ताअघि अर्थात् ६ माघमा पनि काठमाडौँ आएका ।

त्यसबेला पनि उनि जुवा खेल्नकै लागि काठमाडौं आएका थिए । तर उनि जुवा खेल्न क्यासिनो नपुग्दै हत्या भएको डिएसपी कुँवरले बताए ।

मोहिद्दिनसँगै बंगलादेशबाट एक जना दुल्लामियाँ नामका साथी समेत आएका थिए । तर उनि फरार भएका छन । होटलमा उनै मियाँको नामबाट १ सय १४ नम्बरको कोठा बुक गरिएको थियो ।

मोहिद्दिनको हत्या उनीसँगै आएका दुल्लामियाँले गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । ‘मोहिद्दिनलाई रक्सीको बोतलले टाउको र घाँटीमा हानेको देखिन्छ,’ डीएसपी कुवँरले भने, ‘हत्या भएको सूचना ढिलो गरी पाउँदा दुल्लामियाँ भारत भागिसकेको रैछ।’

होटलका सञ्चालकले मोहिद्दिनको हत्या भएको सूचना ८ माघमा मात्रै प्रहरीलाई गरेका थिए । त्यसलगत्तै गरिएको अनुसन्धान तथा सीसी टिभी फुटेजमा देखिएको दृश्यले दुल्लामियाँले नै  हत्या गरेर फरार भएको प्रहरीको ठम्याई छ ।

हत्यापछि दुल्लामियाँ सोल्टीमोड हुँदै वाफल, कलंकीबाट वीरजंग जाने बस चढेर भारत भागेको सीसीटीभी फुटेजले देखाएको छ ।

मोहिद्दिनको शव पोस्टमार्टमपछि नेपालस्थित बंलादेश दूतावासमार्फत उनका आफन्तलाई बुझाइसकेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १० : १४ बजे

रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक भरतपुरमा 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अन्तिम केन्द्रीय समिति बैठक सुरु

राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि सेना तयार : इरान   

तेहरान-  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले देशको सुरक्षा, सम्मान

मुस्ताङमा पर्यटकको चाप, एघार महिनामा सात लाखले भ्रमण गरे 

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

युद्धविरामका बीच दक्षिणी लेबनानमा हेजबुल्लाहविरुद्धको सैन्य कारबाही जारी

एजेन्सी– इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम लागू रहे पनि

‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’

नारायणगढ– कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज