ठगी आरोपित मिलन लामा धरौटी रकम तिर्न नसकेपछि जेल चलान « Khabarhub

ठगी आरोपित मिलन लामा धरौटी रकम तिर्न नसकेपछि जेल चलान


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- लुटपाट तथा ठगी आरोपमा पक्राउ परेका नुवाकोटका मिलन लामा जेल चलान भएका छन् ।

ठगी आरोपमा शुक्रबार भएको थुनछेक बहसमा जिल्ला अदालत काठमाडौंले १० लाख रुपैयाँ धरौटी माग गरेको र यो रकम बुझाउन नसकेपछि लामालाई जेल चलान गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जानकारी दिएको छ ।

यस अघि लामा माघ २० गते काठमाडौंको बसुन्धराबाट लुटपाट गरी भागेका थिए । लामाले चेक तथा पैसा लुटपाट गरी ज्यान मार्नेसम्मको धम्की दिएर भागेको आरोपमा परेको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीको फरार सूचीमा रहेका लामालाई महाराजगञ्ज प्रहरीले माघ २८ गते राति बसुन्धराबाट पक्राउ गरी अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

गुण्डाका नाईके समेत रहेका लामा यस अघि पनि कर्तव्य ज्यान र हातहतियार खरखजाना मुद्दामा जेल जलान भइसेका व्यक्ति हुन् ।

नुवाकोटको तत्कालिन महाकाली गाविस हाल शिवपुरी गाउँपालिका स्थायी घर भएका लामा नेकपा नुवाकोटको जिल्ला कमिटि सदस्य समेत हुन् ।

लामा यस अघि २०६७ सालमा हातहतियार तथा खरखजाना मुद्दामा प्रहरी वृत्त बालाजु र २०७० सामा ज्यान मार्ने उद्योग अन्तर्गत प्रहरी वृत्त महाराजगञ्जले मुद्दा चलाई सजाय पाइसकेका अभियुक्त हुन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ७ : ५५ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि