चिकित्सक नुहँदा भेन्टिलेटर तथा आइसीयु सेवा बन्द | Khabarhub Khabarhub

चिकित्सक नुहँदा भेन्टिलेटर तथा आइसीयु सेवा बन्द


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- लालबन्दी नरगपालिका–१ मा अवस्थित नवलपुर सर्पदंश उपचार केन्द्रको भेन्टिलेटर तथा आइसियु सेवा प्रयोगविहीन भएको छ ।

ती सेवा सञ्चालन गर्न दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको छ । सेवा समेत प्रभावित बन्न पुगेको छ ।

प्रदेश नम्बर २ सरकार र लालबन्दी नगरपालिकाको ३० लाख रकममा २०७६ जेठमा उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याइएको थियो ।

नवलपुर सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष बोधराज काफ्लेले भेन्टिलेटर तथा आइसियु उपकरण स्वास्थ्य संस्थामा भए पनि दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको बताए ।

उनले भने, ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई चिकित्सक पठाइदिन पटक पटक ध्यानाकर्षण गराऔँ । तर कार्यान्वयन भएको छैन।’

सर्लाहीसहित आसपासका जिल्लाका सर्पदंश उपचार गर्न २०७० सालमा सो केन्द्र स्थापना भएको थियो । गर्मी तथा वर्षा याममा केन्द्रमा दैनिक १०/१२ सर्पदंशका बिरामी आउने गरेका जनाइएको छ । सर्लाहीको बरथवा र नवलपुरमा उपचार केन्द्र रहेको भए पनि नवलपुरमा बिरामीको चाप बढी छ ।

हालसम्म उपचार केन्द्रले करिब चार हजार ५ सय बिरामीको उपचार गरी सकेको जनाएको छ । केन्द्रले बिरामीको सेवालाई मध्यनजर गर्दै २०७५ साल मङ्सिरबाट एम्बुलेन्स सेवासमेत सञ्चालनमा ल्याएको छ ।

एम्बुलेन्स सेवासमेत रहेको केन्द्रमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको १२ लाखको आर्थिक सहयोगमा सोलार बत्ती तथा इन्भटर जडान गरी बिरामीलाई २४ सैँ घण्टा केन्द्रमा सेवा दिने तयारी समेत गरिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ८ : १२ बजे

डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

पाटन– डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु भएको छ

कोशीका मुख्यमन्त्रीको अडान : विश्वासको मत लिन्नँ, सत्ता छाड्नुपर्ने कुनै कारण छैन

विराटनगर- संवैधानिक रुपमा अल्पमतमा परिसकेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले

टी-२० विश्वकप खेल्ने भारतीय टिमको घोषणा

काठमाडौं- भारतले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ ।

झलनाथतिर लक्षित गर्दै ओलीले भने : इलाममा एमाले हराउन जोडतोडले लागेका थिए

इलाम- सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकास

जापानमा रोजगारीको उपलब्धता घट्यो

टोकियो– जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा तीन