चिकित्सक नुहँदा भेन्टिलेटर तथा आइसीयु सेवा बन्द « Khabarhub

चिकित्सक नुहँदा भेन्टिलेटर तथा आइसीयु सेवा बन्द


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- लालबन्दी नरगपालिका–१ मा अवस्थित नवलपुर सर्पदंश उपचार केन्द्रको भेन्टिलेटर तथा आइसियु सेवा प्रयोगविहीन भएको छ ।

ती सेवा सञ्चालन गर्न दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको छ । सेवा समेत प्रभावित बन्न पुगेको छ ।

प्रदेश नम्बर २ सरकार र लालबन्दी नगरपालिकाको ३० लाख रकममा २०७६ जेठमा उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याइएको थियो ।

नवलपुर सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष बोधराज काफ्लेले भेन्टिलेटर तथा आइसियु उपकरण स्वास्थ्य संस्थामा भए पनि दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको बताए ।

उनले भने, ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई चिकित्सक पठाइदिन पटक पटक ध्यानाकर्षण गराऔँ । तर कार्यान्वयन भएको छैन।’

सर्लाहीसहित आसपासका जिल्लाका सर्पदंश उपचार गर्न २०७० सालमा सो केन्द्र स्थापना भएको थियो । गर्मी तथा वर्षा याममा केन्द्रमा दैनिक १०/१२ सर्पदंशका बिरामी आउने गरेका जनाइएको छ । सर्लाहीको बरथवा र नवलपुरमा उपचार केन्द्र रहेको भए पनि नवलपुरमा बिरामीको चाप बढी छ ।

हालसम्म उपचार केन्द्रले करिब चार हजार ५ सय बिरामीको उपचार गरी सकेको जनाएको छ । केन्द्रले बिरामीको सेवालाई मध्यनजर गर्दै २०७५ साल मङ्सिरबाट एम्बुलेन्स सेवासमेत सञ्चालनमा ल्याएको छ ।

एम्बुलेन्स सेवासमेत रहेको केन्द्रमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको १२ लाखको आर्थिक सहयोगमा सोलार बत्ती तथा इन्भटर जडान गरी बिरामीलाई २४ सैँ घण्टा केन्द्रमा सेवा दिने तयारी समेत गरिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ८ : १२ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार