असुरक्षा बढेको भन्दै जर्मन दूतावासले नेपाल सरकारलाई लेख्यो पत्र « Khabarhub

असुरक्षा बढेको भन्दै जर्मन दूतावासले नेपाल सरकारलाई लेख्यो पत्र


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालस्थित जर्मन दूतावासले असुरक्षा बढेको भन्दै नेपाल सरकारलाई पत्र लेखेको छ ।

पत्रमा दूतावास परिसरमा भएको अतिक्रमणलाई हटाउन माग गरिएको छ । दूतावासले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा अतिक्रमण रोक्न नेपाल सरकारले उचित कदम नचालेकोमा असन्तुष्टी जनाइएको छ ।

पत्रमा दूतावासले शिशिर नाहाटाको प्राविधिक टिमले दूतावासको पर्खाल भत्काउने र त्यसलाई आफ्नो हुने गरी निर्माण गर्ने घोषणा गरेको दाबीपछि अतिक्रमण बढेको उल्लेख छ ।

सम्बन्धित अधिकारी तथा छिमेकीहरुसँग छलफलबिना नै नाहाटाले दूतावासको पर्खाल आडमा खन्ने काम गरेको दूतावासले जनाएको छ।

नाहाटाको उक्त कार्यलाई दूतावासविरुद्धको भौतिक आक्रमणको रुपमा लिइएको जर्मनी दूतावासले जनाएको छ। यसलाई दूतावासले कूटनीतिक मामिला सम्बन्धि भियना कन्भेन्सनविरुद्धको कार्य भनेको छ।

जर्मन दूतावासले आफ्नो सम्पत्तिको रक्षा गरिदिन सुरक्षा माग्दै झण्डै दुई महिना अघि पनि पत्र लेखेको थियो । सो पत्रको पनि वेवास्ता भएपछि दूतावासले परराष्ट्र मन्त्रालयलाई अर्को पत्र पठाएको हो ।

पहिलो पत्र सन् २०१९ डिसेम्बर ११ र दोस्रो पत्र सन् २०२० जनवरी ३० का दिन परराष्ट्रलाई लेख्दै भियना कन्भेन्सन विपरीत कार्य भएकोमा आपत्ति समेत जनाएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ११ : १० बजे

सुनसरी झडपका घाइतेको नि:शुल्क उपचार र निष्पक्ष छानबिनका लागि स्वास्थ्यमन्त्रीको पहल

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको

ओली र प्रचण्डको प्रदेश सत्ता समीकरणप्रति बास्कोटाको कटाक्ष: ‘अन्तिम भोज त होइन?’

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश सरकारमा आफ्नो

कोशी र लुम्बिनीमा मुख्यमन्त्री फेर्ने ओलीको तयारीले किचलो, बागमतीमा पनि झमेला

काठमाडौं- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सत्ता

सानातिना विवादमा गोली चल्नु सुरक्षा संयन्त्रको कमजोरी हो : खुस्बु ओली

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले

नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन

काठमाडौँ– नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन गरिँदैछ । नागढुङ्गा सुरुङमार्ग