अमेरिका र तालिवानबीच शान्ति वार्ता हुँदै, १८ बर्षपछि अमेरिकी सेना फिर्ता हुने | Khabarhub Khabarhub

अमेरिका र तालिवानबीच शान्ति वार्ता हुँदै, १८ बर्षपछि अमेरिकी सेना फिर्ता हुने


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिका र अफगानिस्तानको धार्मिक कट्टरपन्थी समूह तालिबानबीच शनिबार कतारको दोहामा शान्ति सम्झौता हुँदैछ ।

३० देशका राजदूतलाई साक्षी राखेर हुन लागेको शान्ति सम्झौतापछि १८ वर्षदेखि अफगानिस्तानमा रहेका अमेरिका सैनिक फिर्ताको मार्ग खुल्नेछ ।

सम्झौताअघि अमेरिकी राष्ट्रपति कार्यालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको धारणा सार्वजनिक गरेको छ ।

‘यदि अफगानी सरकार यो सम्झौताका बुँदाप्रति प्रतिबद्ध देखिए भने अफगानिस्तानको युद्ध अन्त्य हुने र अमेरिकी सैनिक फिर्ता हुने बाटो खुल्नेछ ।’ ट्रम्पको भनाई उदृत गर्दै ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ  ।

सम्झौतापछि अमेरिकी रक्षा मन्त्री मार्क एस्पर र अफगानिस्तान सरकारले संयुक्त वक्तव्य जारी गर्नेछन् । तालिबानले सन् १९९६ देखि सन् २००१ सम्म अफगानिस्तानमा शासन गरेका थियो ।

सन् २००१  सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणमा संलग्न ओसामा बीन लादेन लुकाएको आरोपमा अमेरिकाले अफगानिस्तानमा आक्रमण सुरु गरेपछि तालिवान सरकार ढलेको थियो ।

यद्यपी तालिवानी समूहको सरकार ढले पनि उसले अफगानिस्तानमा  शसस्त्र युद्ध गर्दै आएको थियो ।

झण्डै दुई दशकको युद्दपछि अमेरिका र तालिवानका प्रतिनिधिले २९ फेब्रुअरीमा शान्ती सम्झौता गर्ने सहमती गरेका थिए ।

सोही सहमतीलाई शुक्रबार राती ट्रम्पले अमेरिकी प्रतिनिधिलाई सम्झौता गर्न अनुमति दिएका थिए ।  सम्झौताका लागि शुक्रबार राति नै अफगान सरकारले ६ सदस्यीय टोली कतार पठाइसकेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  १२ : ०१ बजे

सहकारी सुशानका लागि दुई दिने कार्यक्रम गर्दै नेफ्स्कून

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को

‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा

गलकोट– चारैतिर हरियाली वन । आँखै अघि देखिने हिमशृङ्खला र

टेस्लाका सिइओ एलन मस्क छलफलका लागि चीनमा

काठमाडौं– अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क आइतबार

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं– सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र

इलाममा अघि लागे एमालेका सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २,