अमेरिका र तालिवानबीच शान्ति वार्ता हुँदै, १८ बर्षपछि अमेरिकी सेना फिर्ता हुने « Khabarhub

अमेरिका र तालिवानबीच शान्ति वार्ता हुँदै, १८ बर्षपछि अमेरिकी सेना फिर्ता हुने


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिका र अफगानिस्तानको धार्मिक कट्टरपन्थी समूह तालिबानबीच शनिबार कतारको दोहामा शान्ति सम्झौता हुँदैछ ।

३० देशका राजदूतलाई साक्षी राखेर हुन लागेको शान्ति सम्झौतापछि १८ वर्षदेखि अफगानिस्तानमा रहेका अमेरिका सैनिक फिर्ताको मार्ग खुल्नेछ ।

सम्झौताअघि अमेरिकी राष्ट्रपति कार्यालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको धारणा सार्वजनिक गरेको छ ।

‘यदि अफगानी सरकार यो सम्झौताका बुँदाप्रति प्रतिबद्ध देखिए भने अफगानिस्तानको युद्ध अन्त्य हुने र अमेरिकी सैनिक फिर्ता हुने बाटो खुल्नेछ ।’ ट्रम्पको भनाई उदृत गर्दै ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ  ।

सम्झौतापछि अमेरिकी रक्षा मन्त्री मार्क एस्पर र अफगानिस्तान सरकारले संयुक्त वक्तव्य जारी गर्नेछन् । तालिबानले सन् १९९६ देखि सन् २००१ सम्म अफगानिस्तानमा शासन गरेका थियो ।

सन् २००१  सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणमा संलग्न ओसामा बीन लादेन लुकाएको आरोपमा अमेरिकाले अफगानिस्तानमा आक्रमण सुरु गरेपछि तालिवान सरकार ढलेको थियो ।

यद्यपी तालिवानी समूहको सरकार ढले पनि उसले अफगानिस्तानमा  शसस्त्र युद्ध गर्दै आएको थियो ।

झण्डै दुई दशकको युद्दपछि अमेरिका र तालिवानका प्रतिनिधिले २९ फेब्रुअरीमा शान्ती सम्झौता गर्ने सहमती गरेका थिए ।

सोही सहमतीलाई शुक्रबार राती ट्रम्पले अमेरिकी प्रतिनिधिलाई सम्झौता गर्न अनुमति दिएका थिए ।  सम्झौताका लागि शुक्रबार राति नै अफगान सरकारले ६ सदस्यीय टोली कतार पठाइसकेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  १२ : ०१ बजे

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

काठमाडौं– निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा