नेपाल मलेशियासँग पराजित | Khabarhub Khabarhub

नेपाल मलेशियासँग पराजित


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थाइल्याण्डमा जारी इस्टर्न रिजन टी–ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा नेपाल मलेशियासँग २२ रनले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेशियाले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपाल खेल सकिन एक बल अगावै सबै विकेट गुमाउँदै केबल १ सय ३२ रनमा समेटिएपछि २२ रनले पराजित भएको हो ।

नेपालका लागि ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले समान ३८ रन बनाए । खेलमा पवन सर्राफले १९ रन जोड्नुबाहेक अरु नेपाली ब्याट्समेनले दोहोरो अंकमा रन समेत जोड्न सकेनन् ।

यसअघि थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गर्दै मलेशियाले १५४ रन जोडेको थियो । मलेसियाका लागि सयद अजिज सयद मुबारकले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै अनवर अरुदीनले ३१ तथा मोहमद नुरले ३० रन बनाए । अमिनुदुन राम्लेले २९ रन जोडे ।

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । यससँगै सन्दीपले टी–ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका छन् । उनले टी–ट्वान्टीमा १ सय २ विकेट पुरा गरेका छन् । यस्तै अविनाश बोहराले २ विकेट लिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ३ : ५९ बजे

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

तनहुँ– तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत

बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिया निर्यात ५२ प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार