नेपाल मलेशियासँग पराजित « Khabarhub

नेपाल मलेशियासँग पराजित


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थाइल्याण्डमा जारी इस्टर्न रिजन टी–ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा नेपाल मलेशियासँग २२ रनले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेशियाले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपाल खेल सकिन एक बल अगावै सबै विकेट गुमाउँदै केबल १ सय ३२ रनमा समेटिएपछि २२ रनले पराजित भएको हो ।

नेपालका लागि ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले समान ३८ रन बनाए । खेलमा पवन सर्राफले १९ रन जोड्नुबाहेक अरु नेपाली ब्याट्समेनले दोहोरो अंकमा रन समेत जोड्न सकेनन् ।

यसअघि थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गर्दै मलेशियाले १५४ रन जोडेको थियो । मलेसियाका लागि सयद अजिज सयद मुबारकले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै अनवर अरुदीनले ३१ तथा मोहमद नुरले ३० रन बनाए । अमिनुदुन राम्लेले २९ रन जोडे ।

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । यससँगै सन्दीपले टी–ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका छन् । उनले टी–ट्वान्टीमा १ सय २ विकेट पुरा गरेका छन् । यस्तै अविनाश बोहराले २ विकेट लिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ३ : ५९ बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा