विदाको दिन सरकारी मोटरसाइकल चलाएको भन्दै फेसबुक लाइभ, ट्राफिकले कारवाही गरेको भिडियो भाइरल « Khabarhub

विदाको दिन सरकारी मोटरसाइकल चलाएको भन्दै फेसबुक लाइभ, ट्राफिकले कारवाही गरेको भिडियो भाइरल


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जालमा आज(शनिवार) एउटा भिडियो भाइरल बनेको छ ।

शनिवार(आज) सार्वजनिक विदाका दिन एक जना व्यक्तिले सरकारी नम्बर प्लेटको मोटरसाइकल सिकेको भन्दै उत्तम कार्की नाम गरेका सामाजिक सञ्जाल प्रयोगकर्ताले सामाजिक सञ्जालमा लाइभ गरेका थिए ।

चन्द्रागिरी नगरपालिकाको एक प्लानिङमा एक घन्टा भन्दा लामो समयदेखि विदाको दिन सरकारी मोटरसाइकल सिकिरहेको फेला परेपछि उनले ट्राफिक प्रहरी र प्रहरी वृत्त थानकोटमा खबर गरेको लाइभमा जनाएका थिए ।

बा २ ब ५२१७ नम्बरको सरकारी मोटरसाइकल सिकिरहेका व्यक्तिलाई रोक्न लगाएर कार्कीले चालकका बारेमा सोधपुछ गरेका थिए भने कारवाहीका लागि ट्राफिक प्रहरीलाई कुरेका थिए ।

सरकारी सम्पत्तिमा लुट मच्चाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आक्रोश पनि पोखेका छन् ।

केहीबेरपछि ट्राफिक प्रहरी मोटरसाइकल सिकिरहेको स्थानमा आइपुग्छ ।

सरकारी मोटरसाइकल चलाइरहेका व्यक्तिसँग धादिङको धुनिवेशी नगरपालिकाको परिचय पत्र रहेको हुन्छ ।

विदाको दिन मोटरसाइकल सिक्ने व्यक्ति धुनिवेशी नगरपालिकाका लेखापाल नृप राउत रहेछन् ।

उनी अछाम साफेबगर नगरपालिका २ स्थायी वासिन्दा रहेको उनले प्रहरीलाई देखाएको परिचयपत्र उल्लेख गरिएको छ ।

ट्राफिक प्रहरीले चालकमाथि आवश्यक कारवाही गर्ने जानकारी दिएका छन् ।

‘सवारी थानकोट प्रहरी वृत्तमा जान्छ, त्यसपछि आवश्यक कारवाही हुन्छ’ प्रहरीले भनेका छन् ।

तर चालक राउतसँग भने चालक अनुमति पत्र(लाइसेन्स) पनि छैन । उनले उक्त मोटरसाइकल धुनिवेशी नगरपालिकाको नभएर मामाको रहेको बताउँछन् । तर उनले आफ्ना मामाको नाम भन्न इन्कार गर्छन् भने मामा कार्यरत सरकारी कार्यालय पनि सही रुपमा भन्न सक्दैनन् ।
‘राजश्व’ हो कि ? उनी द्वीविधामा पर्छन् ।

तपाईं हामीले तिरेको करमा यसरी लुटतन्त्र र मनपरीतन्त्र चलाउन पाइन्छ ? सामाजिक सञ्जालमा लाइभ गर्दै कार्कीले प्रश्न गर्छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ५ : ०९ बजे

वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सरकारको सिफारिस

काठमाडौं- सरकारले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न

होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले

काठमाडौं– राधास्वामी सत्सङ्ग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने

काठमाडौं- सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

मुम्बई- गत वर्ष भएको एअर इन्डियाको भीषण विमान दुर्घटनाबारे पुनः

देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै

काठमाडौं– सुकुम्वासी तथा सार्वजनिक जग्गामा बसोबास् गर्दै आएकाहरूले देशभर सरकार