पार्टीले गरेको निर्णय सबैले मान्नु पर्छ : नेता खनाल « Khabarhub

पार्टीले गरेको निर्णय सबैले मान्नु पर्छ : नेता खनाल


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी निर्णय सबैले मान्नु पर्ने बताएका छन् ।

उनले सचिवालयले वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने बारे गरेको निर्णय अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गर्ने बताए ।

नुवाकोटको विदुरमा शनिबार प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले पार्टीको निर्णय सबैमा लागू हुने बताए ।
। ‘वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्न निर्णय सचिवालयले गरेको छ। उहाँले पनि पार्टी सचिवालयको निर्णय मान्नुपर्छ’ उनले भने। ‘पार्टीको निर्णय प्रधानमन्त्रीलाई मात्रै होइन सबैले लागू हुन्छ।’ उनले भने, ‘प्रधानमन्त्रीले मान्नु नपर्ने, अरूले मान्नुपर्ने हुँदैन, पार्टीको निर्णयभन्दा बाहिर कोही जान सक्दैन।’

दुई अध्यक्षबीच बिवाद नरहेको उनको दाबी थियो । ‘बाहिर हल्ला भएको भए पनि उहाँहरूबीच त्यस्तो बिवाद छैन’ नेता खनालले भने ।

उनले दुई ठूला कम्युनिष्टहरू एक भएर बनेको शक्तिशाली नेकपा टुक्रने अवस्थामा नभएको बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ९ : ४५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र