कोरोनाभाइरसः अमेरिकामा एकै दिन १९ हजार बढी नयाँ संक्रमित, ज्यान गुमाउनेको संख्या २२ सय नाघ्यो « Khabarhub

कोरोनाभाइरसः अमेरिकामा एकै दिन १९ हजार बढी नयाँ संक्रमित, ज्यान गुमाउनेको संख्या २२ सय नाघ्यो


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिका निकै चपेटामा छ । पछिल्लो समय संक्रमणको सबैभन्दा केश अमेरिकामा नै देखिएको छ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार २ सय ११ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय १५ जनाको मृत्यु भएको छ ।

हालसम्म अमेरिकामा १ लाख २३ हजार ३ सय ११ जना संक्रमित भएका छन् । जसमध्ये एकै दिनमा १९ हजार १ सय ८५ जना नयाँ संक्रमित देखिएका हुन् ।

अमेरिकामा ३ हजार २ सय ३१ जना उपचारपछि निको भएका छन् भने १ लाख १७ हजार ८ सय ६९ जना उपचाररत छन् ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण यूरोपियन मुलुकक हुँदै अमेरिकामा गम्भीर अवस्थामा देखिएको छ ।

विश्वभरीमा ६ लाख ६२ हजार ५ सय ६१ जना संक्रमित भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा ६६ हजार १ सय ५७ जना संक्रमित देखिएका हुन् । विश्वभर ३० हजार ८ सय ३९ ले ज्यान गुमाएका छन् ।

विश्वव्यापी रुपमा हेर्ने हो भने एकै दिन ३ हजार ४ सय ९५ जनाको मृत्यु भएको छ । १ लाख ४१ हजार ४ सय ६८ जना उपचारपछिन निको भएका छन् भने ४ लाख ९० हजार २ सय ३४ जनाको उपचार भइरहेको जनाइएको छ । २५ हजार ५ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ६ : ०५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल