कोरोना भाइरस : ३० हजार ८ सय भन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरस : ३० हजार ८ सय भन्दा बढीको मृत्यु


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट विश्वभर ३० हजार ८ सय भन्दा बढी मानिसको मृत्यु भएको छ ।

आइतबार विहान ६ बजेसम्म २ सय भन्दा बढी मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ३० हजार ८ सय ३९ जनाको मृत्यु भएको हो ।

६ लाख ६२ हजार ६ सय मानिस संक्रमित भएका छन् । यसमध्ये १ लाख ४१ हजार ५ सय निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा इटाली परेको छ । त्यहाँ मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।

शनिबार साँझ थप ८ सय ८९ जनाको मृत्यु भएपछि कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार २३ पुगेको हो ।

५ हजार ९ सय ७४ जना मानिसहरु संक्रमण देखिएपछि त्यहाँ संक्रमित हुनेको संख्या ९२ हजार ४ सय ७२ पुगेको छ ।

लकडाउन तत्काल नखुल्ने

अनेकौं प्रयासका बाबजुद कोरोना भाइरसको संक्रमण नरोकिएपछि फेब्रुअरी २१ देखि जारी ‘लकडाउन’ लम्बिने भएको छ ।

इटाली सरकारले यसअघि अप्रिल ३ सम्मका लागि घोषणा गरिएको ‘लकडाउन’ अझ बढ्ने त्यहाँकी गृहमन्त्रीले बताएकी छन् ।

इटालीका गृहमन्त्री लुचियाना लामोरगेजेले पछिल्लो संक्रमितको संख्या हेर्दा अप्रिल ३ मै ‘लकडाउन’ लकडाउन खोल्न सक्ने अवस्था नरहेको बताएकी छन् ।

इटालीमा लकडाउन जारी रहेपछि स्कूल तथा बिश्वबिद्यालयहरुले अनलाइनमार्फत पठनपाठन गरिरहेका छन् ।

यस्तै अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार २ सय ११ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय १५ जनाको मृत्यु भएको छ ।

हालसम्म अमेरिकामा १ लाख २३ हजार ३ सय ११ जना संक्रमित भएका छन् । जसमध्ये एकै दिनमा १९ हजार १ सय ८७ जना नयाँ संक्रमित देखिएका हुन् ।

अमेरिकामा ३ हजार २ सय ३१ जना उपचारपछि निको भएका छन् भने १ लाख १७ हजार ८ सय ६९ जना उपचाररत छन् ।

कोरोना भाइरसको उद्भव मानिएको चीनमा पछिल्लो २४ घण्टामा कुनै नयाँ संक्रमण देखिएको छैन । यद्यपि त्यहाँ ३२ सय ९५ जनाको मृत्यु भइसकेको छ ।

स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ९ सय ८२ पुगेको छ । एकैदिन अरु ८ सय ४४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ६ हजार नजिक पुगेको हो ।

थप ७ हजार ५ सय १६ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या ७३ हजार २ सय ३५ पुगेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ६ : २८ बजे

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग

विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वाधार निर्माण गर्न वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका ठूला