नेपालमा रहेका आफ्ना नागरिक मंगलबार स्वदेश फर्काउँदै अमेरिकी दूतावास | Khabarhub Khabarhub

नेपालमा रहेका आफ्ना नागरिक मंगलबार स्वदेश फर्काउँदै अमेरिकी दूतावास


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले नेपालमा रहेका अमेरिकी नागरिकलाई स्वदेश फर्काउने भएको छ ।

मंगलबार र विहीबार दुई दिन चार्टर्ड विमानमार्फत उनीहरुलाई स्वदेश फर्काउन लागिएको नेपालस्थिति अमेरिकी दूतावासले जनाएको छ ।

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वदेश फर्किन चाहने अमेरिकी नागरिकलाई सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

दूतावासका अनुसार मंगलबार र विहिबार काठमाडौंबाट चार्टड विमान अमेरिकाको वासिंटन डिसी जानेछ । हाल दूतावासले नेपालभर रहेका र अमेरिका फर्कन चाहने नागरिकहरुलाई काठमाडौंमा जम्मा गरिरहेको छ ।

पोखरा र लुक्लामा रहेका केही अमेरिकन नागरिकलाई उद्धार गरेर काठमाडौं ल्याइएको दूतावसले जनाएको छ । उनीहरुलाई मंगलबार र विहीबार गरी अमेरिका पठाइनेछ ।

नेपाल पर्यटन बोर्ड र स्थानीय सीडीओहरुसँग समन्वय गरेर विभिन्न जिल्लामा रहेका अमेरिकी नागरिकलाई काठमाडौं आउने वातावरण बनाइरहेको दूतावासले जनाएको छ ।

दूतावाले अमेरिकी विदेशमन्त्रालयसँग चार्टड फ्लाइटका सन्दर्भमा समन्वय गरिरहेको र पहिलो उडान मंगलबार मार्च ३१ मा काठमाडौंबाट वासिंटन डिसीका लागि हुने दूतावासको भनाइ छ ।

दोश्रो उडान अप्रिल २ बिहिबार हुने तर दुबै उडानका लागि समय तय हुन बाँकी रहेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ८ : ५७ बजे

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मधेसवादीभन्दा राजावादी पछाडि !

काठमाडौं– देशमा राजावादी जनमत बढेको जबजरजस्त भाष्य निर्माण भइरहेको अवस्थामा

धनुषामा पुरुषको शव फेला 

काठमाडौं– धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको