१४ दिनसम्म लकडाउन थप्न उच्चस्तरीय समितिको सिफारिस « Khabarhub

१४ दिनसम्म लकडाउन थप्न उच्चस्तरीय समितिको सिफारिस


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको विशेष समितिले लकडाउनको समय थप गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको बैठकले जारी लकडाउनलाई बढाउने निर्णय गरेको हो । समितिले लकडाउन ७ देखि बढीमा १४ दिन थप गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पठाएको छ ।

उच्चस्तरीय बैठकमा लकडाउनको आज छैटौ दिनसम्मको समीक्षा, कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारका तर्फबाट भईरहेका प्रयास, खाद्यान्न, इन्धन, तरकारी लगायत दैनिक उपभोग्य सामग्रीहरु सर्वसाधारणमा पुर्याउने सम्बन्धमा गरिने व्यबस्थालगायतका विषयमा छलफल भएको थियो ।

आजै अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे आवश्यक निर्णय गर्ने छ ।

नेपालमा दोस्रो व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि चैत्र ११ गते विहान ६ बजेदेखि लागु हुनेगरी चैत्र १८ गते विहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय भएको थियो ।

संक्रमण फैलन नदिनका लागि लकडाउनलाई उपयुक्त विकल्प मानिएको छ । छिमेकी मुलुक भारतमा समेत २१ दिन लामो लक डाउनको घोषणा केही दिन अघि गरिएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ३ : ४६ बजे

काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार

आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद

कैलालीमा अध्यागमनको काम रोकिएपछि अर्को नाका प्रयोग गर्दै यात्रु

सुदूरपश्चिम– कैलालीको धनगढीस्थित अध्यागमन कार्यालयमा प्रक्रिया पुर्‍याएर आएका तेस्रो मुलुकका

कोठेगाउँमा बाँसका सामग्री बनाउनेको सङ्ख्या घट्दै

लेखनाथ– पोखरा महानगरपालिका–३२ को मालेपाटनस्थित कोठेगाँउमा बाँसका सामग्री बनाउने र बिक्री

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं–  सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री