नेपाललाई सहयोग गर्न अपिल गर्दै प्रचण्डले लेखे चिनियाँ राष्ट्रपतिलाई चिट्ठी « Khabarhub

नेपाललाई सहयोग गर्न अपिल गर्दै प्रचण्डले लेखे चिनियाँ राष्ट्रपतिलाई चिट्ठी


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको नेपाललाई सहयोग गर्न अपिल गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र लेखेका छन् ।

उनले पत्रमा कोरोना महामारी नियन्त्रणमा सफलता पाएकोमा चिनियाँ राष्ट्रपति सीलाई बधाइसमेत दिएका छन् ।

पत्रमा उनले कोरोना भाइरससँगको लडाइमा जीत हात पारेकोमा नेकपाको तर्फबाट बधाइसमेत दिएका छन् ।

अध्यक्ष प्रचण्डकी छोरीसमेत रहेकी स्वकीय सचिव गंगा दाहालका अनुसार पत्र तीन दिन अघि पठाइएको थियो ।

पत्रमा प्रचण्डले कोरोना महामारीसँग अहिले नेपाल जुधिरहेको उल्लेख गर्दै सहयोगको लागि सीसँग अपिल गरेका छन् ।

चीनको हुेबई प्रान्तको उहानबाट शुरु भएको कोरोना भाइरस अहिले विश्वभर महामारीको रुपमा फैलिएको छ भने कयौं हजारले ज्यान गुमाएका छन् ।

चीनमा कारोना भाइरसबाट अहिलेसम्म करिब ८१ हजार संक्रमित भएका छन् । तीमध्ये तीन हजार तीन सयको मुत्यु भएको छ । तर पछिल्लो समय चीनमा कोरोना भाइरस संक्रमितको संख्या छैन ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ४ : ५४ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही