स्वास्थ्य लगायतका सूचना दिन बूढानीलकण्ठ नगरपालिकाद्वारा हटलाइन सेवा « Khabarhub

स्वास्थ्य लगायतका सूचना दिन बूढानीलकण्ठ नगरपालिकाद्वारा हटलाइन सेवा


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको सङ्क्रमणबाट नगरवासीलाई बचाउन स्वास्थ्य अवस्था, खाद्यान्नलगायत अत्यावश्यक सामग्रीका बारेमा सूचना लिन बूढानीलकण्ठ नगरपालिकाले सातवटा हटलाइनको व्यवस्था गरेको छ ।

नगरपालिकाको कार्यालय र साविकका छ गाउँ विकास समितिमा एक-एक गरी सात हटलाइन सेवा शुरु गरिएको नगरप्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए । हटलाइनबाट दिउँसो सूचना लिने गरिएको छ । सूचना लिएर आवश्यक सेवा दिन सजिलो हुने भएकाले यस्तो व्यवस्था गरिएको हो ।

विदेशबाट आएका ३५ जना नगर क्षेत्रमा आफ्नै घरमा एकान्तवासमा छन् ।

विदेशबाट आई घरमै एकान्तवास बसेकाका बारेमा नगरपालिकाले नजिकबाट निगरानी गरिरहेको छ । नगरपालिकाको वडा नं. ७ हात्तीगौँडामा रहेको छहारी भवन भनिने महिला अधिकारका लागि एकल महिलाको भवनमा ५० शय्याको क्वारेन्टाइन बनाउन सकिने गरी तयारी गरिएको नगर प्रमुख खरेलले बताए ।

मौसमी ज्वरो रुघाखोकी भएकालाई नगर क्षेत्रका छ वटा स्वास्थ्य चौकी र चार निजी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ । निजी क्षेत्रबाट खुलेका अस्पताल ह्याम्स, न्यूरो, करुणा र कपनले आइसोलेसन शय्याको व्यवस्था गरेका छन् ।

नगरपालिकाको कपन क्षेत्रमा खाद्यान्न नपाइने समस्या हुन थालेको छ । खुलेका खाद्यान्न पसललाई प्रहरीले नै बन्द गराउँदै हिँडेकाले अत्यावश्यक सामग्री पाउन नसकिएको उपभोक्ता रेणुका दवाडीले गुनासो गरिन् । कपन क्षेत्रमा धेरै मानिस खाद्यान्न पसलमा जम्मा भएकाले प्रहरीले बन्द गराएका हुनसक्ने नगरपालिकाले जनाएको छ ।

नगर प्रहरीसमेत खटाएर बिहान बेलुका भीड नगराई तीन फिटको दूरी कायम गरेर खाद्यान्न बिक्री वितरणको व्यवस्था गर्न लागिएको नगरपालिकाले जनाएको छ । ठूला पसलमा कति खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको मौज्दात छ भन्ने पहिचान गर्न नगरपालिकाले काम शुरु गरेको नगर प्रमुख खरेलले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ७ : ४२ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने