स्वास्थ्य लगायतका सूचना दिन बूढानीलकण्ठ नगरपालिकाद्वारा हटलाइन सेवा | Khabarhub Khabarhub

स्वास्थ्य लगायतका सूचना दिन बूढानीलकण्ठ नगरपालिकाद्वारा हटलाइन सेवा


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको सङ्क्रमणबाट नगरवासीलाई बचाउन स्वास्थ्य अवस्था, खाद्यान्नलगायत अत्यावश्यक सामग्रीका बारेमा सूचना लिन बूढानीलकण्ठ नगरपालिकाले सातवटा हटलाइनको व्यवस्था गरेको छ ।

नगरपालिकाको कार्यालय र साविकका छ गाउँ विकास समितिमा एक-एक गरी सात हटलाइन सेवा शुरु गरिएको नगरप्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए । हटलाइनबाट दिउँसो सूचना लिने गरिएको छ । सूचना लिएर आवश्यक सेवा दिन सजिलो हुने भएकाले यस्तो व्यवस्था गरिएको हो ।

विदेशबाट आएका ३५ जना नगर क्षेत्रमा आफ्नै घरमा एकान्तवासमा छन् ।

विदेशबाट आई घरमै एकान्तवास बसेकाका बारेमा नगरपालिकाले नजिकबाट निगरानी गरिरहेको छ । नगरपालिकाको वडा नं. ७ हात्तीगौँडामा रहेको छहारी भवन भनिने महिला अधिकारका लागि एकल महिलाको भवनमा ५० शय्याको क्वारेन्टाइन बनाउन सकिने गरी तयारी गरिएको नगर प्रमुख खरेलले बताए ।

मौसमी ज्वरो रुघाखोकी भएकालाई नगर क्षेत्रका छ वटा स्वास्थ्य चौकी र चार निजी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ । निजी क्षेत्रबाट खुलेका अस्पताल ह्याम्स, न्यूरो, करुणा र कपनले आइसोलेसन शय्याको व्यवस्था गरेका छन् ।

नगरपालिकाको कपन क्षेत्रमा खाद्यान्न नपाइने समस्या हुन थालेको छ । खुलेका खाद्यान्न पसललाई प्रहरीले नै बन्द गराउँदै हिँडेकाले अत्यावश्यक सामग्री पाउन नसकिएको उपभोक्ता रेणुका दवाडीले गुनासो गरिन् । कपन क्षेत्रमा धेरै मानिस खाद्यान्न पसलमा जम्मा भएकाले प्रहरीले बन्द गराएका हुनसक्ने नगरपालिकाले जनाएको छ ।

नगर प्रहरीसमेत खटाएर बिहान बेलुका भीड नगराई तीन फिटको दूरी कायम गरेर खाद्यान्न बिक्री वितरणको व्यवस्था गर्न लागिएको नगरपालिकाले जनाएको छ । ठूला पसलमा कति खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको मौज्दात छ भन्ने पहिचान गर्न नगरपालिकाले काम शुरु गरेको नगर प्रमुख खरेलले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ७ : ४२ बजे

प्रतिनिधि सभा विघटनप्रति असहमत छौँ : माओवादी केन्द्र

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर

संसद् विघटनमा दलका शीर्ष नेताहरू जिम्मेवार : नेता शर्मा

काठमाडौं – माओवादी केन्द्रका नेता जनार्दन शर्माले संसद् विघटन हुन

प्रतिनिधि सभा चुनाव फागुनभित्रै

काठमाडौँ – विघटित प्रतिनिधि सभा निर्वाचन आगामी फागुनभित्रै हुने भएको

सुशीला कार्कीले लिइन्‌ प्रधानमन्त्रीको नियुक्ति र शपथ

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति

को हुन् सुशीला कार्की ?

काठमाडौं – सुशीला कार्की नेपालको पहिलो महिला प्रधान न्यायाधीश हुन्।