बहराइनमा थप ७७ नेपालीमा कोरोना भाइरसको संक्रमण, संक्रमित संख्या १२६ पुग्यो « Khabarhub

बहराइनमा थप ७७ नेपालीमा कोरोना भाइरसको संक्रमण, संक्रमित संख्या १२६ पुग्यो


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बहराइनमा मंगलबार थप ७७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ संक्रमित हुने नेपालीको संख्या १ सय २६ पुगेको छ ।

यसअघि बहराइनमा ४९ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो ।

सङ्क्रमित सबैको बहराइन सरकारले उपचार गरिरहेको र स्वास्थ्य अवस्था सामान्य नै रहेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।

कुनै क्याम्पमा कोरोना सङ्क्रमण देखिएमा त्यो क्याम्पलाई नै बहराइनले क्वारेण्टाइनमा परिणत गर्दै आएको छ ।

नेपाली दूतावासका अनुसार बहराइनमा करिव ३० हजार नेपाली श्रमिक कार्यरत छन् ।  बहराइनमा अहिलेसम्म २ हजार ८११ जना संक्रमित भएका छन् । त्यसमध्ये ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ६ : २७ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा