खाडीका ६ देशमा कोरोना भाइरसको संक्रमण बढ्दो, लाखौं नेपाली जोखिममा « Khabarhub

खाडीका ६ देशमा कोरोना भाइरसको संक्रमण बढ्दो, लाखौं नेपाली जोखिममा


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले २९२ जनाको मृत्यु भएको छ भने ५१ हजार ७६० जना संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै १५२ जनाको मृत्यु भएको छ । त्यहाँ २० हजार ७७ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा ८९ जनाको मृत्यु भएको छ भने ११ हजार ३८० जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेत २३ जनाको मृत्यु भएको छ भने ३ हजार ४४० जना संक्रमित भएका छन् ।

यस्तै कतार र ओमानमा १०/१० जनाको मृत्यु भएको छ । ती देशहरुमा क्रमश ११ हजार ९२१ र २ हजार १३१ संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा ८ जनाको मृत्यु भएको छ । त्यहाँ २ हजार ८११ जना संक्रमित भएका छन् ।

२६२ जना नेपाली संक्रमित

गैह्रआवासिय नेपाली संघ (एनआरएनए)का अनुसार कोरोना भाइरसले अहिलेसम्मका खाडीका ६ राष्ट्रमध्ये युएईमा २ जना नेपालीको मृत्यु भएको छ भने २६२ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये बहराइनमा १२६, युएईमा ८१, कुवेतमा ५१ र साउदीमा ४ जना गरी २६२ जना नेपाली संक्रमित भएको एनआरएनएले जनाएको छ ।

नेपाली श्रमिकको आकर्षक श्रम गन्तव्य मानिने खाडी मुलुकमा लाखौँ नेपाली कार्यरत छन् । ती मुलुकमा कोरोना भाइरसको संक्रमण बढिरहँदा लाखौँ नेपाली जोखिममा परेका छन् ।

कतिपय नेपालीहरुले नेपाल आउन चाहिरहँदा समेत सरकारले ल्याउने तदारुकता नदेखाउँदा अप्ठेरोमा परेको गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ७ : १२ बजे

कालीकोटमा बजेट सार्वजनिक

मान्म– जिल्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का

मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिन आचार्यलाई सभापति रवि

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन