काठमाडौं – अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ३२ हजार १२८ जना संक्रमित भएका छन् ।
स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ३०१ जनाको मृत्यु भएको छ भने २ हजार ७०६ जना नयाँ संक्रमित थपिएका छन् ।
योसँगै कुल मृतकको संख्या २३ हजार ८२२ पुगेको छ । १ लाख २३ हजार ९०३ जना उपचारपछि निको भएका छन् ।
८४ हजार ४०३ जना उपचाररत छन् । त्यसमध्ये ७ हजार ७६४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
प्रतिक्रिया