नेपाल वायु सेवा निगमको दक्षिण कोरिया चार्टर्ड उडान स्थगित « Khabarhub

नेपाल वायु सेवा निगमको दक्षिण कोरिया चार्टर्ड उडान स्थगित


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल वायु सेवा निगमको दक्षिण कोरिया चार्टर्ड उडान स्थगित भएको छ । १८ वैशाखमा दक्षिण कोरिया जाने तय भएको नेपाल वायु सेवा निगमको उडान तत्कालका लागि स्थगित भएको हो ।

कोरियामा कार्यरत नेपाली कामदार लैजान दक्षिण कोरियाको राजधानी सोलका लागि निगमको उडान तय भएको थियो। तर, अहिलेका लागि उडान स्थगित भएको सूचना आएको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन्।

दक्षिण कोरिया लैजान लागिएका सबै कामदारको स्वास्थ्य परीक्षण गर्नुपर्ने हुँदा समय लाग्‍ने भएकाले अहिलेका लागि उडान स्थगित गरिदिन सूचना आएको खड्काले जानकारी दिइन्।

दक्षिण कोरियाबाट विदामा आएका दुई सय ८० जना नेपाली कामदार रोजगारी गन्तव्यमा फर्किन लागेका थिए। १८ वैशाख बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलबाट निगमको वाइडबडी विमान सोलका लागि उड्ने तालिका थियो ।

नेपाल आएका कामदारको बिदा अवधि सकिएपछि गैरआवासीय नेपाली संघ कोरियाले उनीहरूलाई फर्काउने व्यवस्था मिलाएको थियो। विमानको भाडा कामदारले तिर्ने गरी उडानको व्यवस्था मिलाइएको थियो । उडानको अर्को मिति तय नभएको निगमले जनाएको छ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ११ : ०१ बजे

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका

उफ् ! फिल्म पनि कति फ्लप भएका ?

काठमाडौं-फिल्म चलेनन् पनि के भन्नु ? गनिएका, मानिएका, कहलिएका, हेन्डसम,

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

काठमाडौं– हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा

२४ घण्टामा विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४१ वटा घटना