कोरोना संक्रमण घट्दै गएपछि फ्रान्समा विद्यालय र सवारी साधन सञ्चालनको तयारी « Khabarhub

कोरोना संक्रमण घट्दै गएपछि फ्रान्समा विद्यालय र सवारी साधन सञ्चालनको तयारी


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्स- कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण हुँदै गएसँगै फ्रान्सले लकडाउनलाई खुकुलो बनाउने भएको छ ।

फ्रान्सले मे ११ पछि लकडाउन लचिलो बनाउनुका साथै शैक्षिक संस्थाहरु खोल्ने तयारी गरेको बीबीसीले जनाएको छ ।

लकडाउन खुकुलो पारेसँगै सार्वजनिक सवारी साधनहरु फेरि सञ्चालनमा आउने जनाइएको छ ।

कोरोना भाइरसको जोखिमविरुद्ध सावधानी अपनाउँदै विद्यालय र सार्वजनिक सवारी साधनमा मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने घोषणा गरिएको छ।

प्रधानमन्त्री एडौर्ड फिलिपले किन्डर गार्टेन्स र निम्न माध्यमिक तह पहिले खुल्ने बताएका छन्। त्यसैले ११ देखि १५ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई मास्क अनिवार्य गरिएको छ।

चाँडै लकडाउन खोलेर सामान्य जीवनमा फर्कने तयारी भएकाले सावधानीका लागि फेस मास्क अनिवार्य बनाइएको उनले बताएका छन्।

त्यहाँ मे ११ देखि दैनिक उपभोग्य वस्तुको पसल तथा बजार खुला गरिनेछ। बार र रेस्टुरेन्ट भने बन्दै रहनेछन्। पसलमा पुग्ने मानिसलाई मास्क लगाउन र १ मिटर दूरी कायम राख्नुपर्नेछ ।

बाहिर निस्कनका लागि कुनै प्रमाण पत्र बोक्नु नपर्ने र १० जनासम्म भेला हुन पाइने जनाइएको छ ।

फ्रान्समा कोरोनाका कारण हालसम्म  २३ हजार ६६० जनाले ज्यान गुमाएका छन् भने करिव १ लाख ६६ हजार संक्रमित भएका छन् । केही दिन यता फ्रान्समा २-३ सयको हाराहारीमा कोरोनाका कारण मानिसको मृत्यु भएको छ । फ्रान्समा कोरोनाको मृत्युदर यो निकै घटेको हो ।

मंगलबार फ्रान्समा कोरोनाका कारण ३६७ जनाले ज्यान गुमाएका थिए । ४६ हजार ८८६ जना उपचार पछि निको भएका छन् भने ९५ हजार ३६५ जनाको उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण यूरोपियन मुलुक हुँदै हाल अमेरिका आक्रान्त बनेको छ । केही दिन यता विश्वव्यापी रुपमा कोरोनाको संक्रमण र मृत्युदर घट्दो क्रममा देखिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ११ : ३० बजे

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा करिब तीन हजारजना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ

भण्डारणमा गम्भीर गल्ती: आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने खानेकुरा

काठमाडौँ – भान्छामा पाकेको खाना तातो राखिराख्न वा भण्डारण गर्न

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।