संघीय संसदको बजेट अधिवेशन सञ्चालन गर्ने तयारी, प्रधानमन्त्रीद्वारा संसद भवनको अवलोकन « Khabarhub

संघीय संसदको बजेट अधिवेशन सञ्चालन गर्ने तयारी, प्रधानमन्त्रीद्वारा संसद भवनको अवलोकन


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको बजेट अधिवेशन सञ्चालन गर्ने तयारीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनको अवलोकन गरेका छन् ।

सभामुख अग्नि सापकोटाले सामाजिक दुरी कायम राख्दै संसद बैठक सञ्चालन गर्न सकिने जानकारी दिँदै प्रधानमन्त्री ओलीलाई बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्न आग्रह गरेका थिए ।

सापकोटाले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै प्रि–बजेट छलफलमा ढिलाइ हुने भएकाले जतिसक्दो छिटो बजेट अधिवेशन सञ्चालन गरिनुपर्ने बताएका थिए ।

सभामुख सापकोटाले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गर्दै बैठक सञ्चालन गर्न सकिने पनि प्रधानमन्त्रीलाई जानकारी दिएका थिए ।

सभामुखसँगको भेटवार्ता पछि ओली बुधबार बिहान संघीय संसद भवनको अवलोकन गर्न पुगेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै सभामुख सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश लिमिल्सिना, कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फे लगायतले बुधबार बिहान संघीय संसदका दुवै सदनको संयुक्त तथा छुट्टा–छुट्टै बैठक सञ्चालनको तयारीबारे अवलोकन गरेका हुन् ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १२ : २५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने