संघीय संसदको बजेट अधिवेशन सञ्चालन गर्ने तयारी, प्रधानमन्त्रीद्वारा संसद भवनको अवलोकन « Khabarhub

संघीय संसदको बजेट अधिवेशन सञ्चालन गर्ने तयारी, प्रधानमन्त्रीद्वारा संसद भवनको अवलोकन


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको बजेट अधिवेशन सञ्चालन गर्ने तयारीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनको अवलोकन गरेका छन् ।

सभामुख अग्नि सापकोटाले सामाजिक दुरी कायम राख्दै संसद बैठक सञ्चालन गर्न सकिने जानकारी दिँदै प्रधानमन्त्री ओलीलाई बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्न आग्रह गरेका थिए ।

सापकोटाले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै प्रि–बजेट छलफलमा ढिलाइ हुने भएकाले जतिसक्दो छिटो बजेट अधिवेशन सञ्चालन गरिनुपर्ने बताएका थिए ।

सभामुख सापकोटाले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गर्दै बैठक सञ्चालन गर्न सकिने पनि प्रधानमन्त्रीलाई जानकारी दिएका थिए ।

सभामुखसँगको भेटवार्ता पछि ओली बुधबार बिहान संघीय संसद भवनको अवलोकन गर्न पुगेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै सभामुख सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश लिमिल्सिना, कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फे लगायतले बुधबार बिहान संघीय संसदका दुवै सदनको संयुक्त तथा छुट्टा–छुट्टै बैठक सञ्चालनको तयारीबारे अवलोकन गरेका हुन् ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १२ : २५ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु