नवलपरासीमा मस्जिद र मदरसाको अनुगमन, भेटिएनन् लुकेका जमाती « Khabarhub

नवलपरासीमा मस्जिद र मदरसाको अनुगमन, भेटिएनन् लुकेका जमाती


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) मा रहेका मस्जिद र मदरसाको अनुगमनलाई तीव्रता दिइएको छ ।

उदयपुरको मस्जिदमा रहेका मुसलमा धर्मगुरु (जमाती) मा कोरोना सङ्क्रमण भेटिएपछि राष्ट्रिय मुस्लिम आयोगले गठन गरेको जिल्लास्तरीय अनुगमन समितिले जिल्लाका विभिन्न स्थानमा रहेका मस्जिद र मदरसाको स्थलगत अनुगमन गरिरहेको हो ।

आयोगले भेषराज खरेलको संयोजकत्वमा आठ सदस्यीय अनुगमन समिति खटाएको छ । समितिले रामग्राम नगरपालिकाको परासी जामे मस्जिदसहित पाल्हीनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकामा रहेका मस्जिद र मदरसाको अनुगमन गरेको छ ।

समितिले नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम र बर्दघाट–सुस्ता पूर्व) दुवै जिल्लाका मस्जिद र मदरसाको अनुगमन गर्ने जिम्मा पाएको छ । पश्चिम नवलपरासीमा ५५ मस्जिद र ४३ मदरसा तथा पूर्वी नवलपरासीमा पाँच मस्जिद र दुई मदरसा छन् ।

भारतीय सञ्चारमाध्यमले नेपालका मस्जिद र मदरसामा विदेशबाट जमाती लुकेर बसेको र उनीहरुबाट कोरोना सङ्क्रमणको जोखिम बढेको भनी अफवाह फैलाएपछि समितिले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्थलगत अनुगमन गरिरहेको समिति सदस्य एवं सञ्चार प्रमुख हैदर अलि मोमिनले जानकारी दिए ।

“हामीले अनुगमनमा विशेषगरी दुई वटा कुरालाई केन्द्रित गरेका छौँ, विदेशबाट जमातीहरु आए/नआएको र बन्दाबन्दीका कारण मुस्लिम समुदायमा परेको समस्या र अवस्थाको विषयमा जानकारी लिइरहेका छौँ”, उनले भने । समितिले बन्दाबन्दीको पालना गर्न पनि सबैमा आग्रह गरेको छ ।

अहिलेसम्मको अनुगमनका क्रममा कोही पनि धर्मगुरु वा अपरिचित व्यक्ति मस्जिद र मदरसामा आएर लुकेको नपाइएको समितिले जनाएको छ । बन्दाबन्दीको पालना गरिएको तथा कुनै पनि मस्जिदमा सामूहिक नमाज पढ्न बन्द गरिएको पाइएको मोमिनले बताए ।

रमजानको महिना चलिरहेकाले अधिकांश मुसलमान घरमै नमाज पढिरहेको संयोजक खरालले बताए । “प्रत्येक मस्जिद र मदरसाको अनुगमन गरी जनमानसमा फैलिएको भ्रम चिर्न खोजिएको हो, कुनै पनि मस्जिद वा मदरसामा कोही पनि लुकेर बसेको पाइएको छैन”, उनले ।
अनुगमन समितिले बन्दाबन्दीका समयमा गरीबीका कारण समस्यामा परेका मुसलमान समुदायलाई पनि स्थानीय तहसँगको सहकार्यमा आवश्यक सहयोगका लागि सहजीकरण गर्ने जनाएको छ ।

पश्चिम नवलपरासीको अनुगमन सकिएपछि पूर्वी नवलपरासीका मदरसा र मस्जिदको अनुगमन गरिने सदस्य मोमिनले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १२ : ५५ बजे

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका

उफ् ! फिल्म पनि कति फ्लप भएका ?

काठमाडौं-फिल्म चलेनन् पनि के भन्नु ? गनिएका, मानिएका, कहलिएका, हेन्डसम,

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

काठमाडौं– हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा

२४ घण्टामा विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४१ वटा घटना