पर्साको जिल्ला अस्पतालमा स्वाब सङ्कलन बुथ « Khabarhub

पर्साको जिल्ला अस्पतालमा स्वाब सङ्कलन बुथ


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- पर्साको जिल्ला अस्पताल पोखरियामा कोरोना भाइरस सङ्क्रमण परीक्षणका लागि स्वाब सङ्कलन बुथ राखिएको छ ।

समाजवादी पार्टीका नेता निजामुद्दिन समानीको पहलमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराका प्रमुख जक्की अहमद अंसारीले सो बुथ उपलब्ध गराएको अस्पतालले जनाएको छ ।

सुरक्षित रुपमा स्वाब सङ्कलन गर्ने उद्देश्यले सहयोग गरेको सो बुथ कार्यालय प्रमुख अंसारीले मङ्गलबार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल यादवलाई हस्तान्तरण गरे ।

कार्यक्रममा नेता समानीले प्रमुख अंसारीले गरेको यो कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै कोरोना भाइरसको आशंका लागेका बिरामीको स्वाब सङ्कलनका लागि निर्माण गरिएको यो बुथले चिकित्सक एवं स्वास्थ्यकर्मीलाई सङ्क्रमणको जोखिमबाट जोगाउने बताए ।

प्रमुख अन्सारीले स्वाब सङ्कलन बुथबाट अस्पतालले कोरोना भाइरस सङ्क्रमणको आशंका गरिएका बिरामीलाई पनि राम्रो सेवा दिन सक्ने बताए ।

कार्यक्रममा पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियार, उपप्रमुख सलमा खातुन र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मन साह कानुकोसहभागिता थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १ : ०९ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको