पर्साको जिल्ला अस्पतालमा स्वाब सङ्कलन बुथ « Khabarhub

पर्साको जिल्ला अस्पतालमा स्वाब सङ्कलन बुथ


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- पर्साको जिल्ला अस्पताल पोखरियामा कोरोना भाइरस सङ्क्रमण परीक्षणका लागि स्वाब सङ्कलन बुथ राखिएको छ ।

समाजवादी पार्टीका नेता निजामुद्दिन समानीको पहलमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराका प्रमुख जक्की अहमद अंसारीले सो बुथ उपलब्ध गराएको अस्पतालले जनाएको छ ।

सुरक्षित रुपमा स्वाब सङ्कलन गर्ने उद्देश्यले सहयोग गरेको सो बुथ कार्यालय प्रमुख अंसारीले मङ्गलबार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल यादवलाई हस्तान्तरण गरे ।

कार्यक्रममा नेता समानीले प्रमुख अंसारीले गरेको यो कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै कोरोना भाइरसको आशंका लागेका बिरामीको स्वाब सङ्कलनका लागि निर्माण गरिएको यो बुथले चिकित्सक एवं स्वास्थ्यकर्मीलाई सङ्क्रमणको जोखिमबाट जोगाउने बताए ।

प्रमुख अन्सारीले स्वाब सङ्कलन बुथबाट अस्पतालले कोरोना भाइरस सङ्क्रमणको आशंका गरिएका बिरामीलाई पनि राम्रो सेवा दिन सक्ने बताए ।

कार्यक्रममा पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियार, उपप्रमुख सलमा खातुन र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मन साह कानुकोसहभागिता थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १ : ०९ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने