महोत्तरमा शंकास्पद रुपमा ४ जनाको मृत्यु, गाउँले त्रासमा « Khabarhub

महोत्तरमा शंकास्पद रुपमा ४ जनाको मृत्यु, गाउँले त्रासमा


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिबास– महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ । भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा मङ्गलबार र बुधबार गरी दुई दिनमा चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँलेमा त्रास बढेको वडाध्यक्ष वासुदेवसिंह थारुले बताए ।

उनका अनुसार एकपछि अर्को गरी स्थानीयवासी ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षीय लालबाबु सिंह र ५२ वर्षीय गङ्गाराम सदाको मृत्यु भएपछि अहिले गाउँमा त्रास उत्पन्न भएको हो । वडाध्यक्ष थारुले चारैजनाले रक्सी पिउने गरेका र गाउँमा अत्यधिक मात्रामा रक्सी उत्पादन भइरहेकाले उनीहरुको विषाक्त रक्सी सेवनबाट मृत्यु भएको हुन सक्ने बताए ।

यस सन्दर्भमा महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले उनीहरुको मृत्यु दुई/तीन दिनको अन्तरालमा भएको खबर पाएको तर शव परीक्षण नगरी उनीहरुको मृत्यु रक्सी सेवनबाटै भएको निष्कर्षमा पुग्न नसकिने बताए ।

प्रहरी उपरीक्षक अधिकारीले घटनाको जानकारी प्राप्त भएलगत्तै सो गाउँमा व्यापक प्रहरी परिचालन गरेर बुझ्न लगाउँदा मृतकमध्ये ३ जनाको आफन्तले दाहसंस्कार गरिसके पनि मृतक लालबाबु सिंहको शव बुधबार प्रहरीले जलाउनुअघि नै नियन्त्रणमा लिइसकेको तथा परीक्षणका लागि अस्पतालमा पठाएको बताए ।

यसैबीच विषाक्त रक्सी सेवनबाट उनीहरुको मृत्यु भएको अड्कलबाजी भइरहेकै अवस्थामा प्रहरीले मृतकमध्ये लालबाबु सिंहको घरबाट रक्सी बरामद गरेको छ भने स्थानीय रामपुकार सिंहको घरमा मदिरा बनाउने भट्टी तथा मदिरा तयार गर्न राखिएको ८०० लिटर कच्चा पदार्थसमेत बरामद गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १ : ५५ बजे

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा करिब तीन हजारजना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ

भण्डारणमा गम्भीर गल्ती: आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने खानेकुरा

काठमाडौँ – भान्छामा पाकेको खाना तातो राखिराख्न वा भण्डारण गर्न

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।