यस वर्षको आर्थिक बृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने « Khabarhub

यस वर्षको आर्थिक बृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालू आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै चालू आर्थिक वर्ष २०७६/७७ को आर्थिक बृद्धिदर २.२७ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको हो ।

विभागले चालू आर्थिक वर्षका ९ महिना सम्मका आर्थिक क्षेत्रहरुसँग सम्बन्धित प्राप्त आँकडा तथा सूचना एवम् बाँकी अवधिको वस्तु तथा सेवाको उत्पादन अनुमान गरी चालू आर्थिक वर्षमा आधारभूत मूल्यमा २.२७ प्रतिशतले आर्थिक बृद्धि हुने देखिएको जनाएको छ ।

चालू आर्थिक वर्षको बजेटकले ८.५ प्रतिशत आर्थिक बृद्धिदरको लक्ष्य राखेको थियो । तर, विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९ को प्रभावका कारण नेपालको आर्थिक बृद्धिदर २.२७ प्रतिशतमा सीमित रहन पुग्ने तथ्याङ्क विभागको प्रक्षेपण छ ।

चालू आर्थिक वर्षको प्रक्षेपणसहित पछिल्ला १३ आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदरको तथ्याङ्क, स्रोत– केन्द्रीय तथ्याङ्क विभाग

‘हाल विश्वमा देखिएको कोडिभ १९ को महामारीको असरलाई न्यून गर्नका लागि अवलम्वन गरिएको आन्तरिक तथा शाह्य प्रयासहरुको प्रभाव हाम्रो अर्थतन्त्रमा पनि पर्ने देखिन्छ,’ राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै तथ्याङ्क विगभाले भनेको छ, ‘यसको असर कति अवधिसम्म रहने भन्ने अनुमान गर्न नसकिएको अवस्थामा यस आर्थिक वर्षको अनुमान तयार गर्दा होटेल तथा रेस्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायात क्षेत्र यस आर्थिक वर्षको अन्त्यसम्म अत्याधिक प्रभावित रहने तथा अन्य क्षेत्रहरु जेठबाट क्रमशः नियमित हुने विश्वास गरी अनुमानहरु तयार गरिएको छ ।’

गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको आर्थिक बृद्धिदर ६.७५ प्रतिशत थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ४ : १२ बजे

जितु नेपालले बनाएको फिल्म ‘आई एम जित बहादुर’ असार ५ मा आउने

काठमाडौं – कलाकार जितु नेपालले बनाएको तथा उनकै शीर्ष अभिनय

एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच हात हालाहाल

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका र शोभा

खाद्य संस्थानद्वारा ४३ लाखको सिमी खरिद

हुम्ला– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सिमकोट

मुस्ताङमा यार्सा संकलन सुरु

मुस्ताङ– मुस्ताङका विभिन्न स्थानमा यार्सागुम्बा संकलन सुरु भएको छ ।

भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छ : राष्ट्रपति

दमौली– राष्ट्रपति रामचन्द्र पौडेलले भानु चुँदीरम्घालाई भाषा र साहित्यको त्रिवेणीका