लकडाउन उलंघन गर्ने एक लाख जनालाई नियन्त्रणमा लिएर छोडियो « Khabarhub

लकडाउन उलंघन गर्ने एक लाख जनालाई नियन्त्रणमा लिएर छोडियो


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना महामारीको सङ्क्रमण फैलिन नदिन सुरु गरिएको लकडाउनको अवधिमा करिब एक लाख जनालाई नियन्त्रणमा लिइएको छ ।

चैत ११ देखि वैशाख १६ सम्म बन्दाबन्दी उल्लङ्घन गर्ने करिब एक लाख जनालाई नियन्त्रणमा लिई छाडिसकिएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक निरजबहादुर शाहीले बन्दाबन्दीको अवधिमा अहिलेसम्म करिब एक लाख जनालाई नियन्त्रणमा लिई सम्झाई बुझाई तथा कोरोना रोग सङ्क्रमणबारे जानकारी गराई छोडिसकिएको जानकारी दिए ।

मङ्गलबार मात्र मुलुकभरि एक हजार ९७५ जना र एक हजार २४५ सवारी साधनलाई नियन्त्रणमा लिइएको जानकारी प्रहरी प्रवक्ता शाहीले दिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले मङ्गलबार काठमाडौँ उपत्यकामा बन्दाबन्दी उल्लङ्घन गर्ने एक हजार एक सय सवारी साधन र करिब एक हजार दुई सय जना व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाई बुझाई छोडिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ४ : १५ बजे

अमेरिकी नाकाबन्दी जारी रहँदा रुसी ट्याङ्करलाई क्युबा प्रवेश गर्न अनुमति

हवाना- अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा

अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत युवक मृत भेटिए

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ स्थित अपर तमोर हाइड्रो कम्पनीमा

प्रधानमन्त्रीलाई एमाले सांसदले भने : काम गर्न सबैसँग मिल्नुपर्छ, हाम्रो अध्यक्षलाई रिहा गर्नुस्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

बर्ड फ्लूको जोखिम देखिएपछि भारतीय सीमामा उच्च सतर्कता

नेपालगञ्ज– खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि

जापानस्थित नेपाली राजदूतावासले नागोयामा वृहत घुम्ती शिविर सञ्चालन गर्दै

काठमाडौं– जापानस्थित नेपाली राजदूतावासले जापानको ठूलो सहर नागोयामा २०२६ अप्रिल