कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या बढ्यो, एकैदिन ६ जनामा संक्रमण « Khabarhub

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या बढ्यो, एकैदिन ६ जनामा संक्रमण


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीका लागि कुवेत पुगेका नेपालीमा कोरोना भाइरस संक्रमण देखिने क्रम बढिरहेको छ ।

पछिल्लो तथ्यांक अनुसार रोजगारीका लागि कुवेत पुगेका ५१ जना नेपाली संक्रमित भएका छन् ।

कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार एकैदिन ६ जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो । विगत सात दिनमा २० नेपालीमा संक्रमण देखिएको छ ।

कुवेतमा संक्रमितलाई त्यहाँका नागरिक सरहको उपचार व्यवस्था रहेको नेपाली दूतावासले जनाएको छ ।

खाडी मुलुकमध्ये बहराइनमा नेपाली कोरोनाका कारण बढी प्रभावित भएका छन् । त्यहाँ १३६ जनामा कोरोना देखिएको छ । त्यसपछि बढी प्रभावित मुलुक कुवेत हो ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ४ : २९ बजे

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको