एक सातामा ७२ जना महाकाली तरेर नेपाल भित्रिए « Khabarhub

एक सातामा ७२ जना महाकाली तरेर नेपाल भित्रिए


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- लकडाउनका कारण विगत एक हप्ताको अवधिमा महाकाली नदी तरेर दार्चुलामा ७१ जना भित्रिएका छन् ।

मजदूरी गर्न भारतको धार्चुला गएका नेपालीहरु लकडाउनका कारण अलपत्र परेपछि महाकाली तरेर उनीहरु नेपाल भित्रिएका हुन् ।

पुल खुल्ने अवस्था नभएपछि नेपालीहरु ज्यानको बाजी राखेर भएपनि घर फर्किने क्रम बढेको छ । बुधबार बिहान मात्र महाकाली नगरपालिका–९ चुच्चैमा ट्युब तरेर १६ जना भित्रिएका छन् ।

भारतको मदकोट क्षेत्रमा काम गरी फर्किएका बैतडी डिलाशैनी गाउँपालिका–४ का सुरेन्द्र नेगी, अमर नेगी, प्रेम नेगी, पुष्कर विष्ट, डिलौशनी–३ का खेमराज बोहरा, रमेश बोहरा, ईश्वर नेगी, लोकेन्द्र भण्डारी, काशी बोहरा, दलबहादुर भण्डारी, वीरसिंह धामी, बलवीर बोहरा, डिलाशैनी–७ का वीरबहादुर कार्की, पूर्चौडी नगरपालिका–१० का कर्णबहादुर विष्ट र दार्चुला नौगाड– ६ का वीरेन्द्र ठगुन्नाले ट्युब तरेर नेपाल भित्रिएका छन् ।

धार्चुला क्षेत्रमा रहेका नेपाली पुल खुल्ने अनिश्चित भएका कारण दिनहुँ नदी तरेर आउन थालेका हुन् । उनीहरुले ट्युब तरेवापत प्रतिव्यक्ति रु एक हजार ६०० तिर्न बाध्य छन् । मङ्गलबार मात्र आठ नेपाली व्यास गाउँपालिका–१ का माल्पा हुँदै नेपाल भित्रिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले बताए । प्रहरीका अनुसार पछिल्लो एक सातामा ७२ जना भित्रिएका छन् । वैशाख १० गते नौ, १२ गते पाँच, १३ गते ३४, १६ गते आठ र १७ गते १६ जना महाकाली तरेर प्रवेश गरेका छन् । यसअघि महाकाली नदीमा ट्युब, जाघार, पौडी खेलेर २२१ जना वैशाख १० अगाडि आइसकेका थिए ।

यसैबीच प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललगायत सुरक्षा निकायका प्रमुखहरुले सीमा क्षेत्रका निरीक्षण गरे । भारतीय क्षेत्रबाट नेपाली ल्याउने तयारी गरिरहेको बेला उनीहरुले दत्तु नाकासम्मको निरीक्षण गरी फर्किएका हुन् । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पछिल्लो समय दत्तु क्षेत्रका नाका भएर नेपाली धमधाम फर्किरहेका प्राप्त सूचनाका आधारमा सुरक्षाको अवस्थाबारे जानकारी लिन अनुगमन गरिएको बताए ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ५ : ०३ बजे

‘वैदेशिक रोजगारीका नाममा भएको ठगी नियन्त्रण गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्छ’

काठमाडौं– राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वैदेशिक रोजगारीका नाममा

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई