नेकपाको सचिवालय बैठक शुरु « Khabarhub

नेकपाको सचिवालय बैठक शुरु


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पार्टी भित्रको आन्तरिक विवादका बीच सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनकारी दिए ।

पार्टी विवाद उत्कर्षमा पुगेको बेला शुरु भएको बैठमा स्पष्ट रुपमा दुई पक्ष देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्को पक्षमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव नेपाल समूह रहेको छ ।

बैठक शुरु हुनु अघि आज नै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षधर सांसदहरुको हस्ताक्षर संकल गरेका छन् भने प्रचण्ड नेपाल समूहले पनि आफू पक्षधर सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् ।

प्रधानमन्त्रीबाट ओलीलाई विस्थापित गर्ने तयारी भइरहेको र ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट समेत व्याक नहुने अडान राखेका सामाचारहरु सार्वजनिक भइरहँदा आजको सचिवालय बैठकलाई महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ६ : ०४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल