परराष्ट्रमन्त्री ज्ञवालीले गृह जिल्लामा पठाए स्वास्थ्य सामग्री | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री ज्ञवालीले गृह जिल्लामा पठाए स्वास्थ्य सामग्री


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गृह जिल्ला गुल्मीमा स्वास्थ्य सामग्री पठाएका छन् ।

उनले जिल्लाका लागि १० लाख बराबरका विभिन्न स्वास्थ्य सामाग्री पठाएका हुन् । जिल्लामा थर्मल गन, पीपीई, गाउनलगायत अत्यावश्यक सामाग्री माग भएपछि मन्त्री ज्ञवालीले उनका स्वकीय सचिव जंग नेपालीमार्फत जिल्ला प्रशासन कार्यालयमा हस्तान्तरण गरेका हुन् ।

गुल्मी क्षेत्र नम्बर १ का संघीय सांसद ज्ञवालीले पठाएको सम्पूर्ण स्वास्थ्य सामाग्री प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जिल्लाका सबै गाउँपालिका र नगरपालिका प्रमुखलाई आज हस्तान्तरण गरेका छन् ।

प्रजिअ शर्माले जिल्लामा थर्मल गन, मेडिकल पीपीई, गाउनलगायत सामग्रीको माग भइरहेका अवस्थामा जिल्लावासीको भावना र स्वास्थ्य समस्यालाई मन्त्री ज्ञवालीले सम्बोधन गरेकामा धन्यवाद ज्ञापन गरे ।

परराष्ट्रमन्त्रीद्वारा उपलब्ध गराइएका स्वास्थ्य सामाग्रीमा थर्मल गन ६५ थान, पीपिई ३७ थान, गाउन ४० थान, पञ्जा नौ सय थान, एन –९५ मास्क २१० थान, सर्जिकल मास्क १४ हजार दुई सय थान, सेनिटाइजर ७८ लिटर तथा स्प्रे, क्यापलगायत छन् ।

यसअघि गुल्मी क्षेत्र नम्बर २ का संघीय सांसद गोकर्ण विष्टले जिल्लामा तीन सय थान पीपीई पठाएका थिए ।

स्वास्थ्यकर्मीहरुलाई बिरामीको उपचारमा स्वास्थ्य सामाग्रीको अभाव नहोस् भन्नका लागि मन्त्री ज्ञवालीले जिल्लामा स्वास्थ्य सामाग्री पठाएको र आवश्यकताको आधारमा गाउँपालिकालाई जिल्ला विपद ब्यबस्थापन समितिले वितरण गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ७ : ०७ बजे

मनिषाकाे तीन वर्षअघिको धर्मनिरपेक्षतासम्बन्धी भिडियो भाइरल 

काठमाडौं– नेपालमा सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध उत्रिएका युवा प्रदर्शनकारीमाथि

दुई सय ६२ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं– विराटनगर महानगरपालिका–१५ बाट  दुई सय ६२ किलो ५८० ग्राम

सुक्खा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम) सडक सुक्खा पहिरोका कारण

रास्वपा छाड्दै सुमनाले भनिन्- गल्तीमाथि गल्ती गर्दै जानेलाई सधैं बोक्न सकिँदैन

काठमाडौं–  पूर्वशिक्षामन्त्री समेत रहेकी सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

सात सय ३० राउण्ड गोलीसहित आठ जना पक्राउ

काठमाडौं– बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोलीसहित ८