परराष्ट्रमन्त्री ज्ञवालीले गृह जिल्लामा पठाए स्वास्थ्य सामग्री « Khabarhub

परराष्ट्रमन्त्री ज्ञवालीले गृह जिल्लामा पठाए स्वास्थ्य सामग्री


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गृह जिल्ला गुल्मीमा स्वास्थ्य सामग्री पठाएका छन् ।

उनले जिल्लाका लागि १० लाख बराबरका विभिन्न स्वास्थ्य सामाग्री पठाएका हुन् । जिल्लामा थर्मल गन, पीपीई, गाउनलगायत अत्यावश्यक सामाग्री माग भएपछि मन्त्री ज्ञवालीले उनका स्वकीय सचिव जंग नेपालीमार्फत जिल्ला प्रशासन कार्यालयमा हस्तान्तरण गरेका हुन् ।

गुल्मी क्षेत्र नम्बर १ का संघीय सांसद ज्ञवालीले पठाएको सम्पूर्ण स्वास्थ्य सामाग्री प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जिल्लाका सबै गाउँपालिका र नगरपालिका प्रमुखलाई आज हस्तान्तरण गरेका छन् ।

प्रजिअ शर्माले जिल्लामा थर्मल गन, मेडिकल पीपीई, गाउनलगायत सामग्रीको माग भइरहेका अवस्थामा जिल्लावासीको भावना र स्वास्थ्य समस्यालाई मन्त्री ज्ञवालीले सम्बोधन गरेकामा धन्यवाद ज्ञापन गरे ।

परराष्ट्रमन्त्रीद्वारा उपलब्ध गराइएका स्वास्थ्य सामाग्रीमा थर्मल गन ६५ थान, पीपिई ३७ थान, गाउन ४० थान, पञ्जा नौ सय थान, एन –९५ मास्क २१० थान, सर्जिकल मास्क १४ हजार दुई सय थान, सेनिटाइजर ७८ लिटर तथा स्प्रे, क्यापलगायत छन् ।

यसअघि गुल्मी क्षेत्र नम्बर २ का संघीय सांसद गोकर्ण विष्टले जिल्लामा तीन सय थान पीपीई पठाएका थिए ।

स्वास्थ्यकर्मीहरुलाई बिरामीको उपचारमा स्वास्थ्य सामाग्रीको अभाव नहोस् भन्नका लागि मन्त्री ज्ञवालीले जिल्लामा स्वास्थ्य सामाग्री पठाएको र आवश्यकताको आधारमा गाउँपालिकालाई जिल्ला विपद ब्यबस्थापन समितिले वितरण गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ७ : ०७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल