कोरोना सङ्क्रमित क्षेत्र ‘सिल’ « Khabarhub

कोरोना सङ्क्रमित क्षेत्र ‘सिल’


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश नं २ मा आज थप तीन जनामा कोरोना सङ्क्रमित पुष्टि भएपछि सो क्षेत्रमा उच्च सतर्कता बढाउँदै ‘सिल’ गरिएको छ ।

बाराको सिमरौनगढ नगरपालिका–४ घर भई हाल जितपुर सिमरा–१९ स्थितको मस्जिदमा बस्दै आएका ३१ वर्षीय एक जना र वडा नं ७ मा बस्दै आएका अर्का एक युवक गरी ती दुई युवक बसेको क्षेत्रलाई सिल गरिएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

वैशाख १४ गते वीरगञ्जका दुई जनामा कोरोना पुष्टि भएपछि उनीहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’को आधारमा तीनै जनाको खोजबिन गरी क्वारेन्टाइनमा राखिएको थियो ।

मस्जिदमा बस्दै आएका ३१ वर्षीय युवक र वडा नं ७ का ४३ वर्षीय युवकलाई सिमरास्थित अस्थायी विशेष क्वारेन्टाइन अस्पतालमा राखिएको थियो । त्यसपछि, दुवैलाई वीरगञ्जको छपकैयामा ल्याएर स्वाब सङ्कलन गरिएको थियो ।

यी दुवै जना भारतको एक धार्मिक कार्यक्रममा सहभागी भएर फागुन २८ गते फर्के थिए । एकतीस वर्षीय युवक मस्जिदमा र ४३ वर्षीय व्यक्ति आफ्नै घरमा बसेको सचिव डा घिमिरेले जानकारी गराए ।

त्यस्तै, वैशाख १४ गते कोरोना पुष्टि भएका व्यक्तिको विवरणको आधारमा वीरगञ्ज–२ बस्ने ४६ वर्षीय व्यक्तिको स्वाबको नमूना सङ्कलन गरिएको थियो ।

तीनै जनालाई वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । यस प्रदेशमा अहिलेसम्म दुई हजार २१८ को स्वाबको नमूना सङ्कलन गरिएकामा एक हजार ३५० को रिपोर्ट नेगेटिभ आएको छ भने ८५६ को रिपोर्ट आउन बाँकी छ ।

यस प्रदेशमा १० जना कोरोना सङ्क्रमितमध्ये चार जना उपचार गराई घर फर्किसकेका छन् भने छ जनाको उपचार भइरहेको छ । अहिलेसम्म चार हजार ९१४ को आरडिटी परीक्षण गरिएको छ ।

यस प्रदेशमा एक हजार ४४३ क्वारेन्टाइनमा चार हजार १७ जना होम क्वारेन्टाइनमा र १३ जना आइसोलेशनमा छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ८ : ०६ बजे

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक

पोखरा महानगरका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई यस वर्ष सात हजार ५०० किलोग्राम

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

भैरहवा– रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

साढे पाँच वर्षपछि नागढुंगा सुरुङमार्ग खुल्दै, ७ मिनेटमै धादिङ-काठमाडौँ यात्रा

काठमाडौँ – सरकारले आधा दशक लगाएर बनाएको सिस्नेखोला–नागढुङ्गा (२.६८८किलोमिटर) सुरुङमार्ग

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउन पत्राचार

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको