कोरोना सङ्क्रमित क्षेत्र ‘सिल’ « Khabarhub

कोरोना सङ्क्रमित क्षेत्र ‘सिल’


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश नं २ मा आज थप तीन जनामा कोरोना सङ्क्रमित पुष्टि भएपछि सो क्षेत्रमा उच्च सतर्कता बढाउँदै ‘सिल’ गरिएको छ ।

बाराको सिमरौनगढ नगरपालिका–४ घर भई हाल जितपुर सिमरा–१९ स्थितको मस्जिदमा बस्दै आएका ३१ वर्षीय एक जना र वडा नं ७ मा बस्दै आएका अर्का एक युवक गरी ती दुई युवक बसेको क्षेत्रलाई सिल गरिएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

वैशाख १४ गते वीरगञ्जका दुई जनामा कोरोना पुष्टि भएपछि उनीहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’को आधारमा तीनै जनाको खोजबिन गरी क्वारेन्टाइनमा राखिएको थियो ।

मस्जिदमा बस्दै आएका ३१ वर्षीय युवक र वडा नं ७ का ४३ वर्षीय युवकलाई सिमरास्थित अस्थायी विशेष क्वारेन्टाइन अस्पतालमा राखिएको थियो । त्यसपछि, दुवैलाई वीरगञ्जको छपकैयामा ल्याएर स्वाब सङ्कलन गरिएको थियो ।

यी दुवै जना भारतको एक धार्मिक कार्यक्रममा सहभागी भएर फागुन २८ गते फर्के थिए । एकतीस वर्षीय युवक मस्जिदमा र ४३ वर्षीय व्यक्ति आफ्नै घरमा बसेको सचिव डा घिमिरेले जानकारी गराए ।

त्यस्तै, वैशाख १४ गते कोरोना पुष्टि भएका व्यक्तिको विवरणको आधारमा वीरगञ्ज–२ बस्ने ४६ वर्षीय व्यक्तिको स्वाबको नमूना सङ्कलन गरिएको थियो ।

तीनै जनालाई वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । यस प्रदेशमा अहिलेसम्म दुई हजार २१८ को स्वाबको नमूना सङ्कलन गरिएकामा एक हजार ३५० को रिपोर्ट नेगेटिभ आएको छ भने ८५६ को रिपोर्ट आउन बाँकी छ ।

यस प्रदेशमा १० जना कोरोना सङ्क्रमितमध्ये चार जना उपचार गराई घर फर्किसकेका छन् भने छ जनाको उपचार भइरहेको छ । अहिलेसम्म चार हजार ९१४ को आरडिटी परीक्षण गरिएको छ ।

यस प्रदेशमा एक हजार ४४३ क्वारेन्टाइनमा चार हजार १७ जना होम क्वारेन्टाइनमा र १३ जना आइसोलेशनमा छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ८ : ०६ बजे

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

जेनजी सहिदको घर पुगे प्रजिअ पौडेल

बैतडी- जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक