मास्क नलगाइ बाहिर निस्किएमा ५ हजार जरिवाना « Khabarhub

मास्क नलगाइ बाहिर निस्किएमा ५ हजार जरिवाना


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वयानाद–  भारतको केरला राज्यमा अवस्थित वयानाद प्रहरीले मास्क नलगाई सार्वजनिकस्थलमा हिँड्ने कुनै पनि व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना गरिने जनाएको छ ।

केरलाको वयानाद प्रहरी प्रमुखले बुधबार सो जानकारी दिएका हुन् । केरला प्रहरी ऐनमा भएको व्यवस्थाअनुसार मास्क नलगाउने सबै नागरिकलाई यो कानुनबमोजिम जरिवाना गराइने उनको भनाइ छ ।

त्यसैगरी यस कानुनबाट सर्वसाधारण नागरिक मात्र नभएर त्यहाँका पसले तथा सबै नागरिकलाई जरीवाना गरिने बताइएको छ । पसलमा आउने सबै ग्राहकलाई पनि स्यानिटाइजर उपलब्ध गराउनुपर्ने तथा दुरी कायम गरेर पसल सञ्चालन गर्नुपर्ने नियम पनि बनाइएको केरला प्रहरीले जनाएको छ ।

केही दिनयतादेखि भारतमा पनि कोरोना भाइरसका विरामीहरुको संख्या बढ्दै गएपछि यहाँका विभिन्न राज्यले रोकथामका उपायहरु कडा पारेका छन् । यसैअनुरुप केरला प्रहरीले पनि यस्तो प्रावधान ल्याएको बताइएको छ ।

 

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ७ : ४२ बजे

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग