सेनाले चीनबाट एक साताभित्र स्वास्थ्य सामग्री ल्याउने | Khabarhub Khabarhub

सेनाले चीनबाट एक साताभित्र स्वास्थ्य सामग्री ल्याउने


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेनाले चीनसँग खरिद गरेका स्वास्थ्य उपकरण तथा सामग्री एक सातभित्र ल्याउने भएको छ ।

बुधबार चीनले ‘लेटर अफ एसेपटेन्स’ पठाएसँगै सेनाले स्वास्थ्य उपकरण ल्याउने भएको हो।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सकेसम्म २३ बैशाखमा नेपालबाट स्वास्थ्य सामाग्री लिन जहाज पठाउने तयारी भइरहेको जानकारी दिए ।

उनले चीन सरकारलाई सामाग्री ढुवानी गर्ने एजेन्टका बिषयमा जानकारी गराइसकिएको बताए । उनले केही स्वास्थ्य सामग्री दुई वटा जहाजमा र अन्य सामाग्री स्थलमार्गबाट ल्याउने तयारी गरेको जानकारी दिए ।

नेपाली सेनाले कोभिड–१९ नियन्त्रण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरीद गर्न चिनियाँ कम्पनीसँग सबै प्रक्रिया टुङ्गयाए पनि उताबाट जवाफ नआउदा रोकिएको थियो ।

चीनले खरिद गरिएका सामाग्री ग्वान्जाउसम्म ल्याइदिने सहमति भएको छ ।

सेनाले स्वास्थ्य, रक्षा र अर्थ मन्त्रालयको समन्वयमा चीनसँग स्वास्थ्य सामग्री खरीद प्रक्रिया टुङ्गाएको हो। स्वास्थ्य सामग्री सरकारसँग सरकार (जीटूजी) माध्यमबाट खरीद गर्न सरकारले निर्देशन दिएको एक सातामा सेनाले प्रक्रिया पुरा गरेको थियो ।

सेनाले अर्थ मन्त्रालयको सहमतिमा चीनको सरकारी स्वामित्वको चाइना सिनोफार्म इन्टरनेशनल कर्पोरेशनलाई ८ चैतमा १ करोड ८४ लाख ४१ हजार ७०६ अमेरिकी डलर (रु.२ अर्ब २४ करोड ४९ लाख) भुक्तानी गरिसकेको छ ।

सेनाले चीनबाट ६७ थरीका स्वास्थ्य र उपकरण सामग्री खरीद गरेको छ।  सरकारले १६ चैतमा स्वास्थ्य सामग्री खरीदको जिम्मा सेनालाई दिने निर्णय मन्त्रिपरिषद्बाट गरेको थियो।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ८ : ५७ बजे

सात सय ३० राउण्ड गोलीसहित आठ जना पक्राउ

काठमाडौं– बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोलीसहित ८

सरकारले युवाको भावना समेटेर अगाडि बढ्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौँ– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आठ मार्चमा गरेको जेन-जीको

‘पदको रसस्वादन गर्न आएको होइन, नयाँ संसद्‌ र मन्त्रीलाई दायित्व सुम्पिएर बाहिरिन्छौँ

काठमाडौँ – अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफू पदको रसस्वादन

क्षति पुगेका उद्योगी व्यवसायीलाई राज्यले सहयोग गर्ने

काठमाडौं– जेनजीको आन्दोलनको क्रममा क्षति पुगेका उद्योगी व्यवसायीलाई राज्यले आवश्यक

दिल्ली उच्च अदालतको आदेश- अभिषेक बच्चनको व्यक्तित्व अधिकारको संरक्षण, दुरुपयोग गर्नेमाथि रोक

काठमाडौं– बलिउड अभिनेता अभिषेक बच्चनको व्यक्तित्व अधिकारलाई सुरक्षित गर्न दिल्ली उच्च