सीमा ‘सिल’ हुँदा भारतीय मजदुर अलपत्र « Khabarhub

सीमा ‘सिल’ हुँदा भारतीय मजदुर अलपत्र


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- सरकारले लागू गरेको लकडाउनका कारण भारतीय मजदुर सीमा क्षेत्रमा अपत्र परेका छन् । देशका विभिन्न स्थानबाट जनकपुर पुगेका भारतीय मजदुर सीमा सिल हुँदा अलपत्र परेका हुन् ।

काठमाडौं लगायतका विभिन्न क्षेत्रमा काम गर्दै आएका भारतीय मजदुर घर फर्किनका लागि जनकपुर पुगे पनि सीमा क्षेत्रबाट उनीहरुलाई फर्काइएको छ ।

नेपाल–भारत सीमा क्षेत्र सिल गर्दा नेपाल आउने र भारत जान चाहने मजदुरहरू दुवैतर्फ रोकिएका छन् ।

अलपत्र भारतीय नागरिकलाई नगराइन नगरपालिका स्थित राजेश्वर निधि माध्यमिक विद्यालयमा भोजनको व्यवस्था मिलाएर विद्यालयकै आँगनमा बासको व्यवस्था गरिएको नगरपालिका प्रमुख परमेश्वर साहले जानकारी दिए ।

उनले विद्यालयमा भारतीय मजदुरहरूको रेखदेखका लागि दुई जना सुरक्षाकर्मी समेत खटाइएको जनाए । खाना पकाउनका लागि व्यवस्था गरे पनि सुत्न तथा बस्न व्यवस्था नभएका कारण विद्यालयको बरण्डामै भुइँमा सुत्न उनीहरू बाध्य भएका छन्।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ८ : ३९ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु