सीमा ‘सिल’ हुँदा भारतीय मजदुर अलपत्र « Khabarhub

सीमा ‘सिल’ हुँदा भारतीय मजदुर अलपत्र


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- सरकारले लागू गरेको लकडाउनका कारण भारतीय मजदुर सीमा क्षेत्रमा अपत्र परेका छन् । देशका विभिन्न स्थानबाट जनकपुर पुगेका भारतीय मजदुर सीमा सिल हुँदा अलपत्र परेका हुन् ।

काठमाडौं लगायतका विभिन्न क्षेत्रमा काम गर्दै आएका भारतीय मजदुर घर फर्किनका लागि जनकपुर पुगे पनि सीमा क्षेत्रबाट उनीहरुलाई फर्काइएको छ ।

नेपाल–भारत सीमा क्षेत्र सिल गर्दा नेपाल आउने र भारत जान चाहने मजदुरहरू दुवैतर्फ रोकिएका छन् ।

अलपत्र भारतीय नागरिकलाई नगराइन नगरपालिका स्थित राजेश्वर निधि माध्यमिक विद्यालयमा भोजनको व्यवस्था मिलाएर विद्यालयकै आँगनमा बासको व्यवस्था गरिएको नगरपालिका प्रमुख परमेश्वर साहले जानकारी दिए ।

उनले विद्यालयमा भारतीय मजदुरहरूको रेखदेखका लागि दुई जना सुरक्षाकर्मी समेत खटाइएको जनाए । खाना पकाउनका लागि व्यवस्था गरे पनि सुत्न तथा बस्न व्यवस्था नभएका कारण विद्यालयको बरण्डामै भुइँमा सुत्न उनीहरू बाध्य भएका छन्।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ८ : ३९ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल