२० गते फेरि बस्नेगरी सकियो नेकपा सचिवालय बैठक « Khabarhub

२० गते फेरि बस्नेगरी सकियो नेकपा सचिवालय बैठक


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।

बुधवार साँझ बालुवाटारमा तीन घन्टा चलेको सचिवलय बैठकमा पार्टी भित्रका आन्तरिक समस्या पार्टी एकताको सुदृढीकरण र स्थायी कमिटीको बैठकको बारेमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सचिवालयको अर्को बैठक २० गते पुन बस्ने र उक्त बैठकले स्थायी कमिटी बैठक बारे निर्णय गर्ने उनले बताए ।

‘पार्टी भित्र आन्तरिक समस्या पार्टी एकताको सुदृणिकरणका्े महत्व सरकार र केही कमरेडले माग गरेको स्थायी कमिटीको बारेमा र त्यससँग जोडिएका विभिन्न पक्षका बारेमा गम्भीर विचारविमर्श भयो,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने,’छलफल जारी छ । यस बीचमा पार्टीको नेतृत्व टिमले अनौपचारिक गृहकार्यको कुरालाई अघि बढाउँदै यही २० गते पुन सचिवालयको बैठक बस्ने निर्णय गरेको छ । ‘

सचिवालयको बैठकले अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकतावद्ध रुपमा अगाडि बढाउने र जनादेश अनुसार सामाजिक आर्थिक रुपान्तरणलाई अघि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ९ : ०५ बजे

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।