वुद्धिजीवीहरुले अपिल जारी गर्दै भने- प्रधानमन्त्रीको राजीनामा माग्ने कार्य अप्रासंगिक « Khabarhub

वुद्धिजीवीहरुले अपिल जारी गर्दै भने- प्रधानमन्त्रीको राजीनामा माग्ने कार्य अप्रासंगिक


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक समाजका अगुवाले बदर गरिसकिएका अध्यादेशलाई विवादको विषय बनाएर प्रधानमन्त्रीको राजीनामा माग्ने कार्य संकटको वर्तमान अवस्थामा अप्रासंगिक विषय भएको बताएका छन् ।

दश जना बौद्धिक व्यक्तित्वले आज संयुक्त अपिल जारी गर्दै आगामी बजेटमार्फत नागरिक र मुलुकको हितमा कार्यक्रम ल्याउनेतर्फ सबैको ध्यान जानुपर्ने बताउँदै यस्तो बेला सरकार बदल्नेसम्मको कार्यले राजनीतिक स्थिरता मात्र नबिथोलिई संसद्मा उपस्थित राजनीतिक दलको प्राथमिकता केवल सत्ताको जोडघटाउ मात्र रहेको गलत सन्देश प्रवाह हुने उल्लेख गरेका छन् । यसले गर्दा हामीले अवलम्बन गरेको राजनीतिक प्रणालीप्रति नै वितृष्णा बढाउने उनीहरुको ठहर छ ।

डा अर्जुन कार्की, विपीन अधिकारी, कनकमणि दीक्षित, टीका ढकाल, जयप्रकाशप्रसाद गुप्ता, रामेश्वर खनाल, डा. रेणु अधिकारी, रेम विश्वकर्मा, सूर्यराज आचार्य र सुशील प्याकुरेलले संविधानको भावना र व्यवस्थालाई लत्याउने गरी सत्तारुढ दलभित्र सरकार फेर्ने चलखेल हुनुप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

आमनागरिक काम, दाम र मामसमेत त्यागेर कोभिड –१९ महामारीविरुद्ध संघर्षमा सहभागी भएकाले केही शुरुआती सफलता हात लाग्न थालिसकेको जनाउँदै उनीहरुले यसलाई अवरुद्ध गर्ने, नागरिकका अत्यावश्यक प्राथमिकतालाई बेवास्ता गर्ने तथा विश्वमा राष्ट्रको सम्मानलाई समेत आघात पार्ने प्रवृत्ति देखापर्न थालेको भनी चिन्ता र सरोकार पनि प्रकट गरेका छन् ।

सत्तारुढ दल आग्रहपूर्ण, संवेगात्मक र प्रतिक्रियात्मक सोचबाट नभई मुलुकको दीर्घकालीन हित र लोकतान्त्रिक मूल्यमान्यताको पक्षपोषण हुने जिम्मेवारीबोधबाट निर्देशित हुनुपर्ने सुझाव दिँदै उनीहरुले संकटको वर्तमान समयमा राजनीतिक परिस्थिति असामान्य बनाउने, सामाजिक स्थायित्वमा खलल पैदा गर्ने तथा राजनीतिक अस्थिरता फैलाउने गतिविधि तत्काल रोकी राष्ट्रिय समस्या समाधानमा एक जुट हुन सम्बन्धित सबै राजनीतिक पक्षसँग अपिल पनि गरे ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ९ : ३४ बजे

लागूऔषधसहित एक युवक पक्राउ

झापा– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको