ओली नेतृत्वको सरकारले शासन गर्ने नैतिक आधार गुमाएको कांग्रेसको निष्कर्ष « Khabarhub

ओली नेतृत्वको सरकारले शासन गर्ने नैतिक आधार गुमाएको कांग्रेसको निष्कर्ष


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक तथा नैतिक आधार गुमाएको निष्कर्ष निकालेको छ ।

आज अबेरसम्म बसेको केन्द्रीय समिति बैठकले सरकारले संविधानको मुलभुत भावनालाई समेत भत्काउने काममा लागेको भन्दै राजनीतिक दल विभाजनमा सरकार आफै लागेको समेत आरोप लगाएको छ ।

कांग्रेसले कोरोनाको जोखिमका बेला समेत मेडिकल सामाग्री खरिदमा भ्रष्टाचार गरिनु दुर्भाग्यपूर्ण भएको निष्कर्ष  निकालेको छ ।

केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘पछिल्लो समयमा विवादास्पद दुई वटा अध्यादेश जारी गर्नु, राजनैतिक दल विभाजन गर्ने कार्यमा सरकार स्वयं संलग्न भइ सांसदलाई अपहरण गर्ने जस्तो कुकृत्य गर्नु र त्यस्ता कार्यको छानविन अनुसन्धान गर्न माग गर्दा जाहेरीसम्म दर्ता गर्न इन्कार गर्नु सरकारको वदनियत पुष्टि गर्ने घटना हुन् ।’

सरकारका पछिल्ला क्रियाकलापले जनताले प्रदान गरेको अभिमतको घोर उपेक्षा र अपमान गरेको भन्दै कांग्रेसले भनेको छ,‘ओली नेतृत्वको सरकारले शासन गर्ने राजनैतिक एवं नैतिक आधार गुमाएको ठहर यो बैठक गर्दछ ।’

कांग्रेसले सरकारको संलग्नतामा जनता समाजवादीका सांसद डाक्टर सुरेन्द्र यादव अपहरण घटना घटाएको भन्दै संलग्नलाई कारबाही गर्न समेत माग गर्ने निर्णय गरेको छ ।

प्रतिपक्षी दल कांग्रेसले सांसदलाई दिइँदै आएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सांसद विकास कोषका रुपमा विनियोजन गरिंदै आएको नीति खारेज गरेर कोरोना विरुद्धको सचेतना, सामग्री, राहत र उपचारमा रकम पर्याप्त प्रबन्ध गर्न बैठकले सरकारसँग माग गरेको छ ।

विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपाली नागरिकहरुलाई स्वदेशमा ल्याउने व्यवस्था मिलाउन आग्रह गर्दै कांग्रेसले बजेट र सरकारको लोकतान्त्रिक मूल्य र मान्यता विरोधी प्रवृत्तिका सम्बन्धमा संसदमा गम्भीर छलफल हुनु जरुरी रहेकाले तत्काल संसद बैठक आह्वान गर्न माग समेत गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १० : ४७ बजे

आहा ! एन्जेलिया, पर्यटक भन्छन्- यतै बसिरहूँ लाग्यो

इलाम– ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फूलहरूले सजिन्छ गुफापाताल । सात

सुनचाँदीको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो वृद्धि भएको छ ।

बीपी राजमार्गमा जानकारी लिएर मात्र यात्रा गर्न आग्रह

काभ्रे– बेमौसमी वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि

एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै

काठमाडौँ– नेकपा एमालेले आज सुदूरपश्चिम प्रदेशका एमाले सांसदहरुसँग छलफल गर्दैछ

चरा अवलोकनका लागि हेटौँडा उपयुक्त गन्तव्य (तस्बिरहरू)

मकवानपुर– चराहरूको अवलोकन गर्न टाढा जंगल वा संरक्षित क्षेत्रमा पुग्नुपर्छ