गौतमलाई प्रधानमन्त्री र नेपाललाई पार्टी अध्यक्ष बनाउने ओलीको प्रस्ताव « Khabarhub

गौतमलाई प्रधानमन्त्री र नेपाललाई पार्टी अध्यक्ष बनाउने ओलीको प्रस्ताव


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

बुधबार प्रधानमन्‍त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा ओलीले कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने र गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् ।

तयस्तै माधवकुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव गरेका छन् ।

एक सचिवालय सदस्यका अनुसार, प्रधानमन्त्री ओलीले कोरोना महामारी पछाडि नेता नेपाललाई अध्यक्ष र गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएका हुन् ।

“जे गर्नुपर्ने हो, कोरोना पछाडि गरौं । अहिले अध्यक्ष र प्रधानमन्त्री बनाउने कुरा सहमति गरौं”, प्रधानमन्त्रीको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अब नेकपाको २० गते सचिवालय बैठक बस्नेछ। २० गतेको सचिवालय बैठकले स्थायी कमिटीको बैठकबारे टुंगो लगाउनेछ।

यो पनि पढौं

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ११ : ०९ बजे

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।