ट्रम्पले जारी गरे सामाजिक सञ्जाल नियमन गर्ने कार्यकारी आदेश « Khabarhub

ट्रम्पले जारी गरे सामाजिक सञ्जाल नियमन गर्ने कार्यकारी आदेश


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाहरूलाई नियमन गर्ने कार्यकारी आदेश जारी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरले आफ्ना ट्वीटमा ‘तथ्य जाँच’ राखेपछि रूष्ट बनेका ट्रम्पले उक्त प्रकरणको ४८ घण्टाभित्र सामाजिक सञ्जालहरूलाई नियमन गर्ने कार्यकारी आदेश जारी गरेका हुन् ।

जारी कार्यकारी आदेशसँगै अब सामाजिक सञ्जालले पाउँदै आएका केही कानूनी सुरक्षा हटेका छन् ।

ट्वीटर, फेसबुकलगायतका सामाजिक सञ्जालमा पोस्ट भएका सामग्रीप्रति उनीहरुले सम्पादन गरे वा हटाए त्यसकाविरुद्ध प्रयोगकर्ता वा नियामक निकायले कानूनी उपचार खोज्न पाउने भएका छन् ।

ट्रम्पले कम्युनिकेशन डिसेन्सी सम्बन्धी कानूनलाई स्पष्ट पार्नका लागि भन्दै कार्यकारी आदेश जारी गरेको बताएका छन् । उक्त कानूनले फेसबुक, ट्वीटर, युट्यूबसहितका सामाजिक सञ्जाललाई केही अवस्थामा कानूनी सुरक्षा प्रदान गर्दै आएको छ ।

उक्त कानूनको दफा २३० अनुसार आफ्ना प्रयोगकर्ताबाट पोस्ट भएका सामग्रीका लागि सामाजिक सञ्जालहरु जिम्मेवार हुँदैनन् । तर सामाजिक हितका लागि ती सामग्रीलाई हटाउने वा चेतावनी राख्नेसहितका काम भर्ने गर्न पाउँछन् ।

ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा सामाजिक सञ्जालले प्रयोगकर्ताबाट पोस्ट भएका सामग्री सम्पादन गरेमा अब भने दफा २३० अन्तर्गतको नियम लागु नहुने उल्लेख छ ।

कार्यकारी आदेश जारी गर्ने क्रममा ट्रम्पले सामाजिक सञ्जालसँग हाल बिना नियमन असीमित शक्ति रहेको बताएका थिए ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालले कन्जरभेटिभ आवाजहरुमाथि बन्देज लगाएको एवं सेन्सर गरेर वाक स्वतन्त्रताको उल्लंघन भएको अभियोग लगाउँदै आएका छन् ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ६ : ५५ बजे

धार्मिक स्वतन्त्रताको व्याख्यासहित देउवाले भने, ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आइतबार काठमाडौंको

रुससँगको सम्बन्धको भविष्यप्रति किम आशावादी

प्योङयाङ– उत्तर कोरियाली नेता किम जोङ–उनले रुससँगको सम्बन्धको भविष्यप्रति आफू

विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले कास्की, मोरङ, सुनसरी, बर्दिया,

भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु

टोकियो– पूर्वी जापानमा परेको भारी वर्षाका कारण नौ जनाको मृत्यु

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस