कोरोना महामारीलाई मध्यनजर गर्दै 'अब जनता बोल्छन्' कार्यक्रम आउँदै | Khabarhub Khabarhub

कोरोना महामारीलाई मध्यनजर गर्दै ‘अब जनता बोल्छन्’ कार्यक्रम आउँदै


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना महामारीलाई मध्यनजर गर्दै ‘अब जनता बोल्छन्’ कार्यक्रम सञ्चालन हुने भएको छ । पब्लिक न्युज एजेन्सीले ‘अब जनता बोल्छन्’ नामक कार्यक्रम ल्याउने भएको हो ।

कार्यक्रममा आम जनताले भोग्दै आएका सबै प्रकारका अप्ठ्यारालाई समेट्ने छ । नागरिकले भोग्दै आएका झिना मसिना समस्या सबै मिडियाको पँहुचमा नपुग्ने र आम मिडियाहरुले ठूला बिषय मात्रै समेट्ने गरेको भन्दै पब्लिक न्युज एजेन्सीले नयाँ कार्यक्रममार्फत जनताका समस्या सम्बोधन गर्न यस्तो कार्यक्रम ल्याउन लागेको हो ।

कार्यक्रममा जनताका गुनासा, समस्याहरु राज्यसमक्ष पुर्याउने उदेश्य राखिएको एजेन्सीले जनाएको छ । कोरोना महामारीका क्रममा नागरिकले भोग्दै आएको पीडाबारे पब्लिक न्युजको फेसबुक पेज अथवा वीट्रान्सफरमा भिडियो अपलोड गरी लिंक PNA को फेसबुक म्यासेन्जर अथवा +977-981-7643601 मा भाइबर अथवा ह्वाटसएपमार्फत् पठाउन सकिनेछ ।

त्यस्तै नागरिकले आफ्ना कुरालाई @PNANepal मेन्सन गरी र #AbaJanataBolchhan #अबजनताबोल्छन् ह्याजट्यागको प्रयोग ट्वीटमार्फत पनि राख्न सक्नेछन् । ती जनताका आवाजहरुलाई सरकार, सम्बन्धित निकाय तथा स्थानीय सरकारसम्म पुर्‍याउने एजेन्सीले जनाएको छ ।

हरेक नागरिक पत्रकार भन्ने मान्यताको जगमा रही नागरिकबाट प्राप्त अडियो, भिडियो सामग्रीहरुको संकलन, पुष्टि तथा प्रशारणको नियमित प्रक्रिया नै “अब जनता बोल्छन्”को कार्यक्रमको नियमित श्रोत सामग्री हुनेछ ।

हप्ताको ३ दिन शनिबार, सोमबार तथा शुक्रबार राति ८ बजे कार्यक्रम प्रशारण हुनेछ । कार्यक्रममा नेपालमा संक्रमितहरुको विभिन्न ठाउँको अवस्था तथा केन्द्र लगायत स्थानीय सरकारको गतिविधिको प्रभाव, अभाव सहित जानकारी दिइनेछ ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  १२ : ०४ बजे

नयाँ अन्तरिम सरकार गठन गरेर निर्वाचनमा जानुपर्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष, पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद

जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको छः गभर्नर पौडेल

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले गत

रवि लामिछानेसँग आयोगले लियो ६ घण्टा बढी बयान

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जाँचबुझ आयोगले

ढाकामा हुने एसियन आर्चरी च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाइ

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार

झापा महिला गोल्डकपः घरेलु टोलीमाथि सङ्कटाको फराकिलो जीत

झापा – शिवसताक्षीस्थित दूधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप