झापामा कोरोना संक्रमित संख्या १०७ पुग्यो « Khabarhub

झापामा कोरोना संक्रमित संख्या १०७ पुग्यो


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापामा थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

योसँगै जिल्लामा संक्रमितको संख्या १०७ पुगेको छ। शुक्रबार संक्रमण देखिएका सबै कचनकवल गाउँपालिकाका हुन्। संक्रमित सबै लकडाउनकै समयमा भारतबाट आएका हुन्।

शुक्रबार कोसी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा देखिएका २७ संक्रमित सबैजना कचनकवलका भएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए।

कचनकवल गाउँपालिकाका ६ वटा क्वारेन्टाइनमा अहिले ३ सय ५० जना छन्। उनीहरु सबै भारतबाटै आएका हुन्।

जिल्ला स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चम्लागाईका अनुसार संक्रमित देखिएकाको स्वास्थ्य अवस्था सामान्य छ।

यस अघि कचनकवल गाउँपालिकामा भारत बाट आएर क्वारेन्टाइनमा बसेका ७३ जनामा कोरोना संक्रमण देखिएको थियो। हाल संक्रमित कोभिड अस्पताल विराटनगर र धरानमा उपचाररत छन्।

क्वारेन्टाइनमा बसेका हालसम्मको तथ्यांकमा पनि मुम्बई र दिल्ली बाट आउनेमा बढी संक्रमण देखिएको गाउँपालिकाका प्रशासकीय अधिकृत दुर्गाप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ४ : १० बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका