रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा « Khabarhub

रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राती रियल मड्रिडले एस्पान्योलमाथि १-० को जीत दर्ता गरेको छ । क्यासेमिरोको निर्णायक गोलमा जीतसँगै रियलले अंक तालिकाको शीर्षस्थानमा स्पष्ट अग्रता लिँदै पकड जमाएको हो ।

रियलले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता लिन सफल रहयो । करीम बेन्जेमाले पेनाल्टी क्षेत्रभित्र ब्याकहिलमा दिएको पासलाई क्यासेमिरोले ६ यार्ड बक्सको भित्रबाट गोलमा परिणत गरे ।

सोही गोल नै रियलका लागि निर्णायक सावित भयो । जीतसँगै रियल म्याड्रिडले स्पेनिस ला लिगाको शीर्षस्थानमा २ अंकको अग्रता कायम गरेको छ ।

रियलको ३२ खेलमा ७१ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ६९ अंक रहेको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ५ : ३४ बजे

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न