सिरानी मिलाएर लगाएमा पनि निद्रा मज्जाले लाग्छ | Khabarhub Khabarhub

सिरानी मिलाएर लगाएमा पनि निद्रा मज्जाले लाग्छ


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

निद्रा कुनै पनि प्राणीको थकान दूर गर्ने एक मात्र भरपर्दाे विकल्प हो । शरीरलाई विश्रामको आवश्यकता भएअनुसार दिन भरको भागदौडबाट शरीरमा आराम पुर्‍याउँछ ।

तसर्थ हरेक मानिसलाई आराम गर्न सुत्न आवश्यक छ । तर सुत्न उपयुक्त दिशामा सिरानी हुन पर्छ ।

यदि मानिस सही दिशामा सिरानी लगाएर सुतेन भने वायुमण्डलमा भएका ऊर्जा नकारात्मक किरण शरीरमा प्रवेश हुनसक्छ । तसर्थ गलत दिशामा सिरानी हुँदा जीवनमा नकारत्मक प्रभाव पर्ने हुन्छ ।

नकारात्मक ऊर्जा कम गर्न वास्तुको विशेष महत्व हुने भएकाले वास्तुशास्त्रअनुसार सिरानीको दिशा बनाउनु पर्दछ ।

सुत्न सबैभन्दा उत्तम दिशा पूर्व हो । पश्चिम र दक्षिण दिशा पनि राम्रो मानिन्छ । तर पूर्वको तुलनामा यो कम उत्तम हुन्छ । हुन त उत्तर पूर्व पनि सुत्न सकिन्छ तर उत्तर दिशामा भने सिरानी पार्नु हुदैन ।

घरमूलीको शयन कक्ष घरको दक्षिण वा पश्चिम दिशामा हुनुपर्छ । यस्तोमा सुतेको मानिसलाई पूर्णशान्ति पूर्वक गहिरो निद्रा लाग्दछ।

यसका साथै बुद्धिको राम्रो विकास हुन्छ र साथै घरमा पनि सुखसमृद्धि एवं सम्पन्नता हुने गर्दछ । यदि दक्षिण दिशामा सिरानी राख्न सम्भव नभए पश्चिमतर्फ पनि राख्न सकिन्छ। तर अन्य दिशामा पलङ वा सिरानी भए बुद्धि सञ्चालन ठीकसँग नहुने मान्यता छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  १० : ४४ बजे

नेपालगञ्ज नाकाबाट नौ महिनामा ७० करोड बढीको जडिबुटी निकासी

खजुरा– जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब 

गण्डकीमा खगराजलाई कसरी जुट्छ विश्वासको मत? संविधानविदबीच मतान्तर

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिँदै

कोशी सरकार वैशाख २५ सम्म टिकाउन प्रयास गर्छौँ : कांग्रेस 

काठमाडौं– नेपाली कांग्रेस कोशी संसदीय दलका नेताले वैशाख २५ गतेसम्म

सप्तरीका अग्निपीडितलाई खानेपानी र शौचालयको व्यवस्था गरिने

राजविराज– सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टी बस्तीमा अग्निपीडितका लागि खानेपानी र