सिरानी मिलाएर लगाएमा पनि निद्रा मज्जाले लाग्छ « Khabarhub

सिरानी मिलाएर लगाएमा पनि निद्रा मज्जाले लाग्छ


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

निद्रा कुनै पनि प्राणीको थकान दूर गर्ने एक मात्र भरपर्दाे विकल्प हो । शरीरलाई विश्रामको आवश्यकता भएअनुसार दिन भरको भागदौडबाट शरीरमा आराम पुर्‍याउँछ ।

तसर्थ हरेक मानिसलाई आराम गर्न सुत्न आवश्यक छ । तर सुत्न उपयुक्त दिशामा सिरानी हुन पर्छ ।

यदि मानिस सही दिशामा सिरानी लगाएर सुतेन भने वायुमण्डलमा भएका ऊर्जा नकारात्मक किरण शरीरमा प्रवेश हुनसक्छ । तसर्थ गलत दिशामा सिरानी हुँदा जीवनमा नकारत्मक प्रभाव पर्ने हुन्छ ।

नकारात्मक ऊर्जा कम गर्न वास्तुको विशेष महत्व हुने भएकाले वास्तुशास्त्रअनुसार सिरानीको दिशा बनाउनु पर्दछ ।

सुत्न सबैभन्दा उत्तम दिशा पूर्व हो । पश्चिम र दक्षिण दिशा पनि राम्रो मानिन्छ । तर पूर्वको तुलनामा यो कम उत्तम हुन्छ । हुन त उत्तर पूर्व पनि सुत्न सकिन्छ तर उत्तर दिशामा भने सिरानी पार्नु हुदैन ।

घरमूलीको शयन कक्ष घरको दक्षिण वा पश्चिम दिशामा हुनुपर्छ । यस्तोमा सुतेको मानिसलाई पूर्णशान्ति पूर्वक गहिरो निद्रा लाग्दछ।

यसका साथै बुद्धिको राम्रो विकास हुन्छ र साथै घरमा पनि सुखसमृद्धि एवं सम्पन्नता हुने गर्दछ । यदि दक्षिण दिशामा सिरानी राख्न सम्भव नभए पश्चिमतर्फ पनि राख्न सकिन्छ। तर अन्य दिशामा पलङ वा सिरानी भए बुद्धि सञ्चालन ठीकसँग नहुने मान्यता छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  १० : ४४ बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि