कोरोना फैलन नदिन आवतजावतमा कडाइ « Khabarhub

कोरोना फैलन नदिन आवतजावतमा कडाइ


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- क्वारेन्टिनको सुरक्षा र व्यवस्थापनमा खटिएका व्यक्तिमा कोरोना सरेपछि काठेखोला गाउँपालिकाले आवतजावतमा कडाइ गरेको छ ।

गए राति १२ बजेदेखि आउँदो २० गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारीसाधन, वित्तीय संस्था, पसल, होटल, खाजा घर खोल्न नपाइने भएको छ । एम्बुलेन्स, दूधको गाडी, ट्याक्टर, टिपर, सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्ने सवारी साधन भने चल्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका र वडा कार्यालयमा पनि अत्यावश्यक बाहेकका सेवालाई बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले बताए ।

अनुमति लिएर मध्यपहाडी लोकमार्गमा गुड्ने सवारी साधनले पनि गाउँपालिकाभित्र यात्रु चढाउन, ओराल्न र बीचमा रोक्न नपाउने उनको भनाइ छ ।

क्वारेन्टिन बाहिर रहेका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समुदायमा फैलन नदिन गाउँपालिकाले उच्च सतर्कता अपनाएको हो । गाउँपालिकाको आकस्मिक बैठकले क्वारेन्टिन व्यवस्थापनका लागि वडास्तरमा समिति पनि गठन गरेको छ ।

क्वारेन्टिनको सुरक्षा र व्यवस्थापकीय काममा स्वयंसेवक परिचालन गर्ने निर्णय भएको जनाइएको छ । गाउँपालिकाले हिजो जारी गरेको विज्ञप्तिमा थप सजगता र कोरोना नियन्त्रणका लागि आवतजावतमा कडाइ गर्नुपरेको उल्लेख छ ।

गाउँपालिकाले कोरोना रोकथाम अभियानमा आम जनसाधारणसहित सम्बद्ध सबै पक्षको सहयोगको अपेक्षा गरेको छ । शनिबार साँझ वडा नं। ५ स्थित अमर माध्यमिक विद्यालयको क्वारेन्टिनमा खटिएका एक सुरक्षाकर्मीसहित खाना पुर्‍याउने महिला र उहाँका सहयोगीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यी तीनसहित काठेखोलामा हालसम्म २६ जनामा कोरोना देखिएको छ । तत्काल ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको कोरोना जाँच गरिने स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए । उनका अनुसार जिल्लामा विदेशबाट आएका बाहेकमा पहिलोपटक कोरोना सङ्क्रमण देखिएको हो ।

यसअघि गत चैतमा बेल्जियमबाट आई घरमै बसेका बेला बागलुङ नगरपालिकाका दुई महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसयता भेटिएका सबै सङ्क्रमित भारतबाट आई क्वारेन्टिनमा बसेका व्यक्ति हुन् । जिल्लामा हालसम्म १७९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । निको हुनेको सङ्ख्या २४ छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  १२ : ०५ बजे

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा

बलिउड अभिनेत्री शेट्टीले गरिन् पशुपतिनाथमा पूजा, आराधना

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा,